राज्यपालले दिए बंगाली नववर्श पोइला बोइशाखको शुभकामना, ‘सोनार बंगला’ निर्माण गर्ने आह्वान
राज्यपालले दिए बंगाली नववर्श पोइला बोइशाखको शुभकामना, ‘सोनार बंगला’ निर्माण गर्ने आह्वान


कोलकाता, 15 अप्रेल (हि.स.)। पश्चिम बंगालका राज्यपाल आर. एन. रविले बंगाली नववर्षको अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्। पोइला बोइशाखको पावन अवसरमा जारी आफ्नो सनन्देशमा उनले राज्यका सबै मानिसहरूको सुख, समृद्धि एवं सुवास्थ्यको कामना गरे।

बंगाली नववर्ष पोइला बोइशाखको उत्सवको अवसरमा राज्यपाल पारम्परिक बंगाली पोशाक धोती र कुर्ता पहिरिएर पत्नीसितै कोलकाताको प्रसिद्ध कालीघाटस्थित काली मन्दिरमा गए जहाँ दुवैले पूजा-अर्चना गरे। आफ्नो ठेठ बंगाली पहिरनले उनले सबैको ध्यान आफूतिर आकर्षित गरे।

राज्यपालले भने, यो जीवन्त उत्सव बंगालको समृद्ध सांस्कृतिक धरोहर, गहिरो परम्परा औ अदम्य चेतनाको प्रतीक हो। उनले आशा व्यक्त गरे, नयाँ वर्षले हरेक परिवारको जीवनमा खुशियाली तथा समृद्धि लिएर आओस्।

आफ्नो सन्देशमा उनले मानिसहरूसित आह्वान गरे, उनीहरूले वीर शहीदहरू तथा स्वतन्त्रता सेनानीहरूको सपना ‘सोनार बंगला’ बनाउनका लागि एकजुट भएर संकल्प लिउन्। उनले भने, यो नववर्षले राज्यमा बहुप्रतीक्षित नवजागरणको मार्ग प्रशस्त गरोस् अनि मानिसहरूको गौरवलाई पुनर्स्थापित गरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande