
कोलकाता, 15 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ 2026 को पहिलो चरणको लागि जारी मतदाता आँकड़ामा उत्तर बंगालका आठ वटा जिल्लाहरूको तस्वीर सामु आएको छ। चुनाउ आयोगानुसार यी जिल्लाहरूमा महिला मतदाताहरूको सहभागिताको मामिलामा दार्जिलिङ जिल्ला सबैभन्दा अग्र पंक्तिमा छ, जहाँ महिलाहरूको संख्या पुरूषहरूको तुलनामा अधिक छ।
आँकड़ा मुताविक दार्जिलिङ जिल्लामा मोठ 11 लाख 10 हजार 425 मतदाताहरू छन्। यहाँ 5 लाख 52 हजार 64 पुरुष मतदाताहरूको तुलनामा 5 लाख 58 हजार 335 महिला मतदाताहरू छन् जसले यसलाई महिला मतदाताहरूको मामिलामा सबैभन्दा अगाड़ि बनाउँछ। जिल्लामा 26 जना तेस्रो लिंगीय मतदाताहरू छन्।
यस अतिरिक्त कुचबिहार जिल्लामा मोठ 22 लाख 63 हजार 771 मतदाताहरूमध्ये 11 लाख 74 हजार 286 पुरुष, 10 लाख 89 हजार 468 महिला तथा 17 तेस्रो लिंगीय मतदाताहरू सामेल छन्। अलिपुरद्वारमा जम्मा 11 लाख 64 हजार 506 मतदाताहरू छन् जसमध्ये 5 लाख 90 हजार 95 पुरुष, 5 लाख 74 हजार 395 महिला औ तेस्रो लिंगीय मतदाताहरूको संख्या 16 छ।
जलपाईगुड़ी जिल्लाका 17 लाख 19 हजार 798 मोठ मतदाताहरूमा 8 लाख 72 हजार 799 पुरुष, 8 लाख 46 हजार 984 महिला औ 15 तृतीय लिंगका मतदाताहरू छन्। कालेबुङमा 2 लाख 1 हजार 619 मतदातामा तृतीय लिंगको मतदाता छैन।
यसरी नै उत्तर दिनाजपुरमा मोठ 19 लाख 68 हजार 974 मतदाताहरू छन् जसमा 10 लाख 41 हजार 26 पुरुष, 9 लाख 27 हजार 882 महिला र 66 तृतीय लिंगका मतदाताहरू सामेल छन् भने दक्षिण दिनाजपुरको 11 लाख 59 हजार 519 मोठ मतदाता संख्यामा 5 लाख 98 हजार 86 पुरुष, 5 लाख 61 हजार 390 महिला औ 43 तृतीय लिंगका मतदाताहरू सामेल छन्।
मालदा जिल्लाको कुरा गर्नु हो भने यहाँ 27 लाख 91 हजार 736 मतदाताहरू छन् जसमा 14 लाख 42 हजार 60 पुरुष, 13 लाख 49 हजार 609 महिला र 67 तेस्रो लिंगीय मतदाताहरू छन्। यो संख्या उत्तर बंगालका आठ वटा जिल्लाहरूमध्ये तेस्रो लिंगीय मतदाताहरूको मामिलामा सबैभन्दा अधिक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा