पञ्जाबमा आआपका राज्यसभा सांसद अशोक मित्तलका ठेगानाहरूमा ईडीको छापा, तातियो राजनीति
पञ्जाबमा आआपका राज्यसभा सांसद अशोक मित्तलका ठेगानाहरूमा ईडीको छापा, तातियो राजनीति


- आम आदमी पार्टीले हालैमा राघव चड्ढाको स्थानमा राज्यसभामा बनाइएको थियो पार्टीको उपनेता

चण्डीगढ़, 15 अप्रेल (हि.स.)। पञ्जाबमा आम आदमी पार्टीबाट राज्यसभा सांसद अशोक मित्तलको आवास तथा प्रतिष्ठानहरूमा भएको ईडीको रेडबाट राज्यको राजनीति तातिएको छ। अशोक मित्तल लभली प्रोफेशनल यूनिभर्सिटीका संचालक हुन् जसलाई हालैमा आम आदमी पार्टीले राज्यसभामा पार्टीको उपनेता बनाएको छ।

ईडीका टीमहरूले बुधवार अशोक मित्तलका नौ वटा ठेगानाहरूमा छापा माऱ्यो। यो कारबाही बिहान लगभग साढ़े सात बजेदेखि शुरू भयो। दिल्लीबाट ईडीका टीमहरू जालन्धरस्थित उनको घर, लभली प्रोफेशनल यूनिभर्सिटी र

गुरुग्राम समेत अन्य ठेगानाहरूमा आइपुगे। छापामारीको यस कारबाहीलाई लिएर पञ्जाबमा राजनीतिक खैलाबैैला शुरू भएको छ। पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले यस कारबाहीको निन्दा गर्दै सोशल मीडिया 'एक्स'-मा लेखे, भाजपाको पञ्जाब चुनाउको तयारी शुरू। टिपिकल मोदी स्टाइल.. हामी त्यो पत्ता होइनौं जुन थाकबाट तल झर्छ, हुरीहरूलाई भनिदेऊ कि तिनीहरू आफ्नो हैसियतमा बसुन्।

यसमाथि केन्द्रिय राज्यमन्त्री रवनित सिंह बिट्टूले जवाफ दिँदै लेखे, तपाईको पार्टी त चोर तथा लुटेराहरूको पार्टी हो। फोहोर सफा हुनेछ। आप नेता सौरभ भारद्वाजले सोशल मीडियामा दाबी गरे, अशोक मित्तलमाथि ईडी रेडको पछाड़ि राघव चड्ढा छन्। तथापि राघव चड्ढाले हाल यसलाई लिएर केही भनेका छैनन्। ईडीको कारबाहीबीच नेताहरूको बयानबाजीको सिलसिला पनि शुरू भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande