तीवा जनजातिको कृषि आधारित लखमी आदरा उत्सव 22 अप्रेलदेखि आरम्भ हुने
तीवा जनजातिको कृषि आधारित लखमी आदरा उत्सव 22 अप्रेलदेखि आरम्भ हुने


मोरीगाउँ (असम), 16 अप्रेल (हि.स.)। प्रत्येक पाँच वर्षको अन्तरालमा तीवा जनजातिको कृषि आधारित उत्सव लुखुमी यांगली अर्थात लखमी आदरा उत्सव पूर्ण उत्साहको साथमा मनाइन्छ। यसपालि पनि तीवा ज नजातिहरूको हृदय कहलाइने जिल्ला कार्बी आंगलोंगको उमसुआईको आमसांग पिनुंगमा तीन दिवसीय कार्यक्रमको साथमा आगामी 22, 23 र 24 अप्रेलको दिन विशेष कृषि आधारित उत्सव सम्पन्न हुनेछ। यसबीच लखमी आदराको तयारी गाउँका मानिसहरूले पहिलाबाटै शुरू गरेका छन्।

पहाड़ औ मैदानी भागमा बस्ने तीवा समुदायका मानिसहरूसित सबै स्तरका मानिसहरूलाई यस उत्सवमा सामेल हुनका लागि आयोजक समितिले निम्तो पठाएको छ।

जागीरोडको ऐतिहासिक गोभा देवराजा चारीभाइ देवशाल शिवस्थानमा एक सम्वाददाता सम्मेलन आयोजना गरी उक्त आशयको जानकारी गराइयो। सम्वाददाता सम्मेलनमा गोवा राजा दीपसिंग देवराजा, गोभा देवराजा राजदरबार प्रबनधन समितिका अध्यक्ष नगेन कोँवर, सचिव जुरसिंग बोरदोलोई, सदस्य द्विपेन कोँवर, अमर बोरदोलोई, कार्बी आंगलोंग जिल्लाको उमसुआईका आमसांग पिनुंग गाउँका लिमचिंग पोमा, सानजाई माशलाई आदि उपस्थित थिए। पत्रकारहरूलाई बताइयो, यसपालि उत्सव अत्यन्त आकर्षक र भव्य हुनेछ। यसको तयारी अन्तिम चरणमा पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande