
गोलाघाट (असम), 16 अप्रेल (हि.स.)। गोलाघाट जिल्लाको ढेकियालमा भएको सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने अन्य दुईजना मानिसहरू घाइते भए। घाइतेहरूको पनि अवस्था सोचनीय रहेको बताइएको छ। यो दुर्घटना पण्डित हेमचन्द्र गोस्वामी मार्गमा भएको हो।
गोलाघाट पुलिसले बिहीवार बताए अनुसार पण्डित हेमचन्द्र गोस्वामी मार्गमा दुई वटा बाइक आपस्तमा ठोक्किएर दुर्गटनाग्रस्त भयो जसमा दुवै बाइक (एएस-05एल-4754 र एएस-06एक्स-3097)- सवार तीनजना मानिसहरू दुर्घटनाको शिकार भए जसमध्ये एकजनाको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजना गम्भीर रूपमा घाइते भए।
सूचना पाउनसाथ घटनास्थलमा पुगेको ढेकियाजुली पुलिसले तत्काल कारबाही शुरू गऱ्यो। गम्भीर रूपमा दुवै घाइतेहरूलाई गोलाघाट जिल्ला कुशल कोंँवर सदर असपतालमा पठाइदियो भने शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ। अन्तिम सूचना पाउँदासम्म पनि मृतकको पहिचान हुन सकेको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा