
होजाई (असम), 16 अप्रेल (हि.स.)। लामडिंग रेलवे जंक्शनका स्थायी सफाई कर्मचारीहरूले आफ्ना विभिन्न मागहरूलाई लिएर विरोध प्रदर्शन गरे। बिहीबार बिहानै लामडिंग रेलवे जंक्शन परिसरमा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरियो। अबदेखि रिलायबल कंक्रिट कर्पोरेशन नामक संस्थाको निगरानीमा लामडिंगमा साफ-सफाईको काम हुने कुरा प्रकाशमा आएको छ।
आरोप लगाइएको छ, पछिल्लो लामो समयदेखिकै सफाई कर्मचारीहरूले लामडिंग रेलवे स्टेशन परिसरमा सर-सफाई गर्नका साथै आम जनताको सुविदाको लागि सहयोग पनि प्रदान गर्दै आइरहेका छन्। सफाई कर्मचारीहरूले आरोप लगाएका छन्, उनीहरूलाई आफ्नो हकदेखि वञ्चित गरिंँदैछ। उनीहरूलाई वर्षौंदेखिको 9-10 हजार रुपियाँ ज्याला प्राप्त हुन्छ, तर उनीहरूको ब्यांक खातामा भने 16 हजार रुपियाँ जमा गराइन्छ। उनीहरूले यो पनि सिकायत गरेका छन्, उनीहरूले पाउने मेडिकल लाभ, पीए आदिबाट उनीहरूलाई वञ्चित गरिएको छ।
यी गम्भीर आरोपहरू ठेकादार सुषान्त पालमाथि लगाइएको हो। सफाई कर्मचारीहरूले बारम्बार सिकायत गर्दै आइरहेका छन् कि प्रत्येक महिना उनीहरूको ब्यांक खातामा 16 हजार रुपियाँ पसेको सन्देश प्राप्त हुन्छ, तर वेतन भने 9-10 हजार रुपियाँ मात्र प्राप्त हुन्छ। अन्य पैसा ठेकादारले हड़पेको आरोप समेत उनीहरूले लगाएका छन्।
गरीब तथा समाजको फोहोर आफ्नै हातले सफा गर्ने यी सफाई कर्मचरीहरूको हकको दन अचानक हराउँछ। हामीले सिकायत गर्दा पनि रेलवे प्रशासनले यस्ता ठेकादारहरूविरूद्ध कारबाही किन गर्दैन? उनीहरूले गम्भीर प्रश्न उठाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा