उल्फा (स्वा)-सित कथित सम्बन्ध रहेको आरोपमा एकजना समातियो
उल्फा (स्वा)-सित कथित सम्बन्ध रहेको आरोपमा एकजना समातियो


चराइदेव (असम), 16 अप्रेल (हि.स.)। चराइदेव जिल्ला मुख्यालय सोनारी पुलिसले प्रतिबन्धित उग्रवादी संगठन यूनाइटेड लिबरेशन फ्रण्ट अफ असम-स्वाधीन (उल्फा-स्वा)-सित कथित सम्बन्ध रहेको आरोपमा एकजना मानिसलाई पक्राउ गरेको छ। हाल पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ।

पुलिस अधिकारीहरूले बिहीवार बताए, पक्रा पर्ने व्यक्तिको पहिचान वांग उपनाम नोनीको रूपमा भएको छ। उसलाई एक सुरक्षा अभियान अवधि असमको चराइदेव जिल्लास्थित सोनारी उपमण्डलको नामतोला क्षेत्रबाट पक्राउ गरिएको हो। अधिकारीहरूले सन्देह व्यक्त गरे, उसले उल्फा (स्वा) को लागि एकजना 'लिंकम्यान' (सहायक) को रूपमा काम गर्दै आएको थियो तथा उनीहरूमाझ सञ्चार वा लजिस्टिक सहायता (साजो-सामानको मद्दत) मा मद्दत गरिरहेको थियो।

सुरक्षा एजेन्सीहरूले जाँच जारी रहेको आधारमा अभियानसित सम्बन्धित थप जानकारी साझा गरेका छैनन्। आरोपीसित जाँचबुझ भइरहेको छताकि उसको संलिप्तताको सीमा तथा नेटवर्कसित उसको कुनै पनि सम्भावित सम्बन्धको बारेमा पत्तो लगाउन सकियोस्। अधिकारीहरूले बताए, यसअघि तिनसुकिया पुलिसले जिल्लाका भिन्न-भिन्न भागहरूबाट उल्फा (स्वा) का सातजना कथित लिंकम्यानहरूलाई पक्राउ गरेको थियो।

पुलिस सूत्र अनुसार पक्रा पर्ने व्यक्ति कथित रूपमा लामो समयदेखिकै उल्फा (स्वा) सित हुने सूचनाहरूको आदान-प्रदानमा सामेल थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande