
कोलकाता, 16 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउलाई निष्पक्ष औ सुरक्षित बनाउनको लागि चुनाउ आयोगले महत्वपूर्ण निर्देश जारी गरेको छ। आयोगले यस्ता मतदान केन्द्रहरूको चारैतिर अस्थायी घेराबन्दी गरिरहेको छ जहाँ पक्का पर्खाल छैन। यसो गरेर अनधिकृत मानिसहरूको आवागमनलाई रोक्न सकियोस्।
राज्यको मुख्य निर्वाचन अधिकारी कार्यालयको एक सूत्रले बतायो, जाँच अवधि आयोगका प्रतिनिधिहरूले केही यस्ता मतदान केन्द्रहरूलाई चिन्हित गरेको छ जुन स्कूल भवनहरूमा अवस्थित छ जसको चारैतिर कुनै समुचित बाउण्ड्री वाल छैन। यस्तो स्थितिमा त्यहाँ तैनाथ केन्द्रिय सशस्त्र पुलिस बलका जवानहरूको नजर छलेर बाहिरका मानिसहरू भित्र प्रवेश गर्ने आशंका रहन्छ।
सूत्रले बतायो, केही मतदान केन्द्रहरू सुदूरवर्ती वन क्षेत्रहरूमा अवस्थित छन् जहाँ चारैतिर घना जंगल वा झाड़ी छ। यस्ता क्षेत्रहरूमा सुरक्षाको दृष्टिले जोखिम अधिक रहन्छ। यसैलाई ध्यानमा राखेर आयोगले यी मतदान केन्द्रहरूको चारैतिर बाँसले घेराबन्दी गर्ने निर्णय लिएको छ। साथै यी केन्द्रहरूमा अतिरिक्त सुरक्षा बलहरूलाई पनि तैनाथ गरिनेछ ताकि कसैले पनि घेराबन्दीलाई चिरेर भित्र प्रवेश गर्न नसकोस्।
चुनाउ आयोगले सपालि बूथ लेभल अधिकारीहरूलाई पनि वेशेष निर्देश दिएको छ। उनीहरूलाई मतदाताहरूको घर-घरमा पुगेर भोटिंग ल्पि वितरण गर्ने आदेश दिइएको छ जस्तो कि भर्खरै सम्पन्न भएको विशेष गहन पुनरीक्षण प्रक्रिया अवधि गरिएको थियो। आयोगले कड़ा चेताउनी दिएको छ, कुनै पनि स्थितिमा यो कार्य कुनै राजनीतिक दलका प्रतिनिधिहरूलाई नसुम्पिइयोस्।
पहिलो चरणको मतदानपूर्व आयोगले सेक्टर अधिकारीहरू, प्रिसाइडिंग अधिकारीहरू तथा अन्य चुनाउ कर्मीहरूलाई निष्पक्षता कायम राख्ने कड़ा दिशानिर्देश जारी गरेको छ। उनीहरूलाई निर्देश दिइएको छ, उनीहरूले मतदान प्रक्रिया अवधि कुनै पनि राजनीतिक दल वा उसका एजेन्टबाट कुनै पनि परकारको सहयात नलिउन्।
यस अतिरिक्त चुनाउ अधिकारीहरूलाई यो पनि सल्लाह दिइएको छ, उनीहरूले कुनै पनि राजनीतिक दलका प्रतिनिधिहरूद्वारा दिइएको भोजन,पानी वा अन्य वस्तुहरूलाई स्वीकार नगरुन्। प्रशासनद्वारा उपलब्ध गराइएको व्यवस्थाहरूमाथि मात्र निर्भर रहन भनिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा