सीपी, डीएम औ सीएपीएफका जवानहरूले संयुक्त रुपमा क्षेत्रको दौड़ाह गरे
सीपी, डीएम औ सीएपीएफका जवानहरूले संयुक्त रुपमा क्षेत्रको दौड़ाह गरे


आसनसोल, 16 अप्रेल (हि .स.)। पश्चिम बंगाल विधानसभा चुनाउलाई लिएर प्रशासन पूर्ण रूपले सतर्क रहेको देखिँदैछ। यसै क्रममा बिहीवार जिल्ला दण्डाधिकारी (डीएम), पुलिस आयुक्त (सीपी) तथा केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)- का इन्स्पेक्टरले संयुक्त रूपमा आसनसोल उत्तर विधानसभा क्षेत्रको अप्पर चेलीडंगाल क्षेत्रको भ्रमण गरे। यस अवधि अधिकारीहरूले क्षेत्रको निरीक्षण गरी सुरक्षा व्यवस्थाको जायजा लिए साथै मतदाताहरूसित प्रत्यक्ष बातचित पनि गरे।

निरीक्षणको क्रममा डीएम र सीपीले स्थानीय मानिसहरूसित बातचित गर्दै उनीहरूलाई भयमुक्त भएर मतदान गर्नको लागि प्रेरित गरे। अधिकारीहरूले स्पष्ट रूपमा भने, चुनाउ आयोगको निर्देशानुसार सबै मतदाताहरूलाई सुरक्षित र निष्पक्ष माहोलमा मतदान गर्ने पूर्ण अधिकार छ जबकि प्रशासन यसलाई सुनिश्चित गर्नको लागि पूर्ण रूपमा प्रतिबद्ध छ।अधिकारीहरूले मानिसहरूलाई भरोसा दिलाए, कुनै पनि प्रकारको दबाव, डर वा प्रलोभनदेखि टाड़ा बसेर आफ्नो मताधिकारको प्रयोग गर्नुहोस्।

संयुक्त टीमले उत्तर थाना क्षेत्रको पनि दौड़ाह गऱ्यो जहाँ स्थानीय मानिसहरूसित बैठक गरेर चुनाउसित सम्बन्धित विभिन्न पक्षहरूमाथि चर्चा गऱ्यो। मतदाताहरूलाई जागरूक बनाउँदै टीमले भन्यो, मतदान अवधि कुनै पनि प्रकारको समस्या आइलागे वा कुनै असामाजिक तत्वहरूले बाधा दिने प्रयास गऱ्यो भने तुरून्तै पुलिसलाई सूचित गरियोस्। यसको लागि टोल फ्री नम्बरको सुविदा पनि उपलब्ध गराइएको छ जसमा सम्पर्क गरेर तत्काल सहायता प्राप्त गर्न सकिन्छ।

प्रशासनिक अधिकारीहरूले यो पनि भने, सम्पूर्ण क्षेत्रमा सुरक्षाको व्यापक व्यवस्था गरिएको छ भने सीएपीएफका जवानहरूले निरन्तर गस्ती गरिरहेका छन् ताकि कुनै पनि अप्रिय घटनालाई रोक्न सकियोस्। यस संयुक्त दौड़ाहको मुख्य उद्देश मतदाताहरूबीच विश्वास कायम गर्नु तथा उनीहरूलाई यो आश्वस्त पार्नु हो कि उनीहरूले भयरहित भएर आफ्नो नजिकैको मतदान केन्द्रमा गएर मतदान गरून्।

स्थानीय मानिसहरूले पनि प्रशासनको यस प्रयासको सराहना गर्दै भरोसा व्यक्त गरे, यसपालि उनीहरू पूर्ण रूपमा स्वतन्त्र तथा सुरक्षित वातावरणमा आफ्नो मताधिकारको प्रयोग गर्नेछन्। चुनाउलाई शान्तिपूर्ण, निष्पक्ष औ पारदर्शी बनाउनको लागि प्रशासनद्वारा उठाइएको यस कदमलाई अत्यन्त महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande