कंग्रेस प्रत्याशी अमिताभ सरकारको चुनाउ प्रचार द्रूत गतिमा भइरहेको छ
कंग्रेस प्रत्याशी अमिताभ सरकारको चुनाउ प्रचार द्रूत गतिमा भइरहेको छ


सिलगढ़ी, 16 अप्रेल (हि.स.)। पहिलो चरणको चुनाउ आउनु अब केही दिन मात्र बाँकी रहेको छ। त्यसैले माटीगाड़ा-नक्सलबाड़ीबाट कंग्रेस प्रत्याशी अमिताभ सरकारले आफ्नो चुनाउ प्रचारलाई तीव्रता दिएका छन्। बिहीवार उनले नक्सलबाड़ीको रथखोला र टुकुरिया मोड़ क्षेत्रमा जनसम्पर्क शुरू गरे। यस अवधि उनी जनताको बीचमा पुगे साथै दोकानहरूमा गएर समर्थनको अपील गरे। कंग्रेस प्रत्याशी अमिताभ सरकार आफ्नो चुनाउ प्रचारको क्रममा तृणमूलको एउटा बूथमा पनि पुगे जहाँ उपस्थित पञ्चायत सदस्यहरूसित उनले बातचित गरे।

अमिताभ सरकारले भने, उनले क्षेत्रका सबै समाज तथा वर्गका मानिसहरू कहाँ पुगेर भोट गर्ने अपील गरिरहेका छन्। पोस्टल ब्यालेटको माध्यमबाट मतदान शुरू भइसकेको छ, यसमाथि पनि नजर राखिँदैछ। उनले यो पनि दाबी गरे, कंग्रेस एकमात्र यस्तो पार्टी हो जसले राज्यका सबै 294 सीटहरूमा चुनाउ लड़िरहेको छ। उनले आरोप लगाए, उनीहरूको उम्मेद्वारीदेखि डराएर भाजपाले नरेन्द्र मोदी र तृणमूल कंग्रेसले ममता ब्यनर्जीलाई प्रचारको मैदानमा उतारिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande