
आसनसोल, 16 अप्रेल (हि.स.)। दामोदर नदीमा स्थायी पुल निर्माणको मुद्दा पश्चिम बंगाल विधानसभा चुनाउमा हरेक राजनीतिक दलको प्रमुख चुनावी मुद्दा बनेको स्पष्ट रूपमा देखिँदैछ। पछिल्लो सात वर्षदेखिको“दामोदर सेतु बन्धन कमिटी”-ले यस मागलाई लिएर लगातार आन्दोलन गर्दै आइरहेको छ। कमिटीले बाँकुड़ा तथा पश्चिम बर्दवानका विभिन्न प्र्शासनिक विभागहरूमा कैयौं पटक आवेदन गरिसके पनि अहिलेसम्म पुल निर्माणको सपना साकार हुन सकेको छन। अब यो आन्दोलनले जनताको सहभागिताको कारण एक व्यापक जन आन्दोलनको रूप धारण गरिसकेको छ।
गए बुधवार राति दामोदर बिहारी नाथ सेतु बन्धन कमिटीको फेसबुक पेजमा बिहारी नाथ सेतुको एउटा फोटो साझा गरियो जसमा मानिसहरूले आ-आफ्नो कमेन्टको माध्यमबाट खुशी व्यक्त गरेका छन्।
चुनावी माहोलमा यस मुद्दाको महत्व अझ् बढ़ेको छ।सालतोड़ा विधानसभा क्षेत्रमा तृणमूल कंग्रेस उम्मेद्वारले आफ्नो घोषणा पत्रमा बामनटोड़ा ग्राम पञ्चायतको फेरी घाटदेखि नेहरू पार्कसम्म लगभग डेढ़ किलोमीटर लामो स्थायी पुल निर्माण गर्ने वाचा गरेका छन् भने आसनसोल दक्षिण सीटका उम्मेद्वारहरूले यसलाई प्राथमिक मुद्दा बनाउँदै बाँकुड़ा, पुरूलिया र पश्चिम बर्दवानलाई जोड़्नको लागि दामोदर नदीमा सेतु निर्माण गर्ने बताएका छन्।
आसनसोल उत्तरकोघोषणा पत्रमा पनि यस मुद्दालाई पहिलो स्थान दिइएको छ जसमा क्षेत्रको आर्थिक विकासको लागि बाँकुड़ा तथा यस वरपरका क्षेत्रहरूलाई सोझै जोड़्ने पुलको निर्माणलाई आवश्यक बताइएको छ। भाजपाले पनि आफ्नो राज्य घोषणा पत्रमा दामोदर नदीमा पुल निर्माण गर्ने वाचा गरेको छ।
दामोदर सेतु बन्धन कमिटीका महासचिव चन्दन मिश्रा अनुसार यस मुद्दालाई प्रमुखताले उठाइएपछि आन्दोलनले नयाँ दिशा पायो फलस्वरूप यो एउटा विशाल जन आन्दोलनमा परिणत भयो। अब यस क्षेत्रका जनताको नजर यसपालिको विधानसभा चुनाउमाथि अड़िएको छ जहाँ यो हेर्नु चाखलाग्दो हुनेछ कि वर्षौंदेखिको उठेको यो मागलाई अन्ततः कसले पूरा गर्छ वा फेरि पनि चुनावी वाचाहरूसम्म मात्र सीमित रहनेछ।
दामोदर नदीमा निर्मित अस्थायी बाँसको सेतुमाथि पश्चिम बर्दवान, बाँकुड़ा औ पुरुलियाका लगभग 300 गाउँहरूको जिन्दगी अड़िएको छ। आसनसोल र बर्नपुरबीच रिभर साइड घाटमा निर्मित यो अस्थायी पुल यी क्षेत्रहरूका मानिसहरूको दैनन्दिन आवागमनको मुख्य साधन हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा