मतदाताहरूको भरोसा बढ़ाउन डीएम र एसपी मैदानमा
मतदाताहरूको भरोसा बढ़ाउन डीएम र एसपी मैदानमा


सिलगढ़ी, 16 अप्रेल (हि.स.)। मतदाताहरूमाझ भरोसा बढ़ाउनका लागि जिल्लाधिकारी तथा जिल्ला पुलिस अधीक्षकले बूथहरूको भ्रमण गरिरहेका छन्। आगामी 23 अप्रेलमा पहिलो चरणको मतदान हुन गइरहेको छ। यसबीच गत 8 अप्रेलको दिन नक्सलबाड़ीमा तृणमूल र भाजपामझ झड़प भएको थियो।

यसैलाई मध्यनजर गर्दै नक्सलबाड़ीको रायपाड़ा क्षेत्रमा मानिसहरूमाझ भरोसा बढ़ाउनका लागि गए बुधवार राति दार्जीलिङका जिल्लाधिकारी हरिशंकर पनिकर र जिल्ला पुलिस अधीक्षक प्रतीक्षा झारखण्डियाले क्षेत्रको भ्रमण गरे। उनीहरूले नक्सलबाड़ीको रायपाड़ा र नन्द प्रसाद बालिका विद्यालयका बूथहरूको निरीक्षण गरे भने सर्वसाधारण मानिसहरूलाई आश्वस्त पनि गराए।

यस अवधि केन्द्रिय बलहरूको साथमा क्षेत्रमा गस्ती पनि गरियो। जिल्लाधिकारीले मानिसहरूलाई मतदान गर्ने अपील गरे। साथै उनले भने, यदि कुनै पनि प्रकारको सिकायत भए 1905 हेल्पलाइन नम्बरमा सम्पर्क गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande