11.86 करोड़ रुपियाँको ड्रग्स जफत: दुई विदेशी महिला समेत दशजना आरोपी पक्राउ
11.86 करोड़ रुपियाँको ड्रग्स जफत: दुई विदेशी महिला समेत दशजना आरोपी पक्राउ


बेंगलुरु, 16 अप्रेल (हि.स.)। ड्रग्स नेटवर्क विरोधी अभियानमा बेंगलुरु पुलिसले पछिल्लो एक साताभित्रमा 11.86 करोड़ रुपियाँको ड्रग्सको खेप जफत गरेको छ। यस कारबाहीमा दुईजना विदेशी महिलाहरू सहित दशजना आरोपीहरूलाई पक्राउ गरिएको छ।

पुलिसले आफ्नो अभियानको क्रममा शहरको येलहंका, डीजे होल्ली, बानसवाड़ी, कोरमंगला, बोम्मनहल्ली औ पुलिकेशीनगर थाना क्षेत्रमा समन्वित छापेमारीको कारबाही गऱ्यो जसावधि 5.9 किलोग्राम एमडीएमए, 1.15 किलोग्राम कोकिन, 21 किलोग्राम गाँजा औ 19 ग्राम एक्स्टेसी ट्याबलेट जफत गरियो। पुलिसलाई जानकारी प्राप्त भएको थियो, दुईजना विदेशी महिलाहरूले बेंगलुरूमा अवैध रूपमा बसेर विद्यार्थी, युवा तथा आईटी कर्मचारीहरूलाई लक्षित गरी उनीहरूलाई ड्रग्स सप्लाई गर्दै आइरहेका छन्। त्यसपछि पुलिसले कारबाही शुरू गऱ्यो। गए बुधवार बेंगलुरु सिटी पुलिस कमिश्नर सीमन्त कुमार सिंहले मिडीयालाई बताए, शहरमा ड्रग्स नेटवर्क विरोधी अभियान जारी रहनेछ। विद्यार्थी अनि युवाहरूलाई लक्षित गरेर ड्रग्स बेच्नेहरूविरूद्ध शून्य सहिष्णुताको नीति अप्नाइँदैछ। अवैध रूपमा बस्दै आइरहेका विदेशी नागरिकहरूमाथि विशेष नजर राखिँदैछ।

हिजोआज बेंगलुरूमा ड्रग्स जफत गर्ने जस्ता मामिलाहरू निरन्तर बढ़्दो छ। गत 12 मार्चको दिन मात्र केम्पेगौड़ा अनतर्राष्ट्रिय हवाईअड्डामा 4 करोड़ रुपियाँको हेरोइनसितै एकजना विदेशी नागरिकलाई पक्राउ गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande