कोलकाताका सयभन्दा अधिक मतदान केन्द्रहरूमा बिजुलीको व्यवस्था छैन, चुनाउ आयोगले दियो व्यवस्था गर्ने निर्देश
कोलकाताका सयभन्दा अधिक मतदान केन्द्रहरूमा बिजुलीको व्यवस्था छैन, चुनाउ आयोगले दियो व्यवस्था गर्ने निर्देश


कोलकाता, 16 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 को पृष्ठभूमिमा राजधानी कोलकाताका सयभन्दा अधिक मतदान केन्द्रहरूमा बिजुली नभएको मामिला प्रकाशमा आएको छ। चुनाउ आयोगले सम्बन्धित अधिकारीहरूलाई तत्काल बिजुलीको व्यवस्था सुनिश्चित गर्ने निर्देश दिएको छ ताकि मतदान प्रक्रिया प्रभावित नहोस्।

आयोगले स्पष्ट पारेको छ, प्रत्येक बूथमा मतदान अवधि आधुनिक वेब कास्टिंगको व्यवस्था गर्न अनिवार्य छ। तर बिजुलीको अभावमा यो सम्भव छैन। यस्तो स्थितिलाई ध्यानमा राखेर जिल्ला निर्वाचन अधिकारीहरूलाई निर्देश दिइएको छ, उनीहरूले तुरून्तै बिजुली आपूर्ति सुनिश्चित गरून्। स्थाायी बिजुलीको व्यवस्था सम्भव हुन नसकेका स्थानहरूमा जनरेटरको व्यवस्था गर्न भनिएको छ ताकि वेब कास्टिंगमाथि कुनै प्रभाव नपरोस्।

सामान्यतः ग्रामीण क्षेत्रहरूका केही बूथहरूमा बिजुलीको समस्या देखिन्छ जसको लागि आयोगले पहिलाबाटै विेशेष निर्देश दिइसकेको थियो। तर कोलकाता जस्ता शहरी क्षेत्रमा यस्तो स्थिति हुनु अप्रत्याशित मानिँदैछ। अधिकांश मतदान केन्द्रहरू स्कूलहरूमा बनाइएको छ जसबाट यी संस्थानहरूको आधारभूत ढाँचालाई लिएर राज्य सरकारको भूमिकामाथि प्रश्न उठिरहेको छ। आयोगका एकजना अधिकारीले बताए, स्कूलहरूमा बिजुली कनेक्शनलाई सुनिश्चित गर्नु राज्य सरकारको जिम्मेवारी हो, तर आवश्यक सुधार नगरिएको कारणले यो समस्या उत्पन्न भएको हो।

सूत्र अनुसार सबैभन्दा अधिक बिजुलीविहीन बूथ कोलकाता बन्दरगाह क्षेत्रमा पाइएको छ जहाँ पचास वटाभन्दा अधिक मतदान केन्द्रहरूमा बिजुली छैन। यसअघि यी केन्द्रहरूमा मतदान कसरी सम्पन्न भयो, यसमाथि पनि प्रश्न उठिरहेको छ। आयोगले भनेको छ, निर्बाध बिजुली आपूर्ति बिना वेब कास्टिंग सम्भव छैन। यस अतिरिक्त मतदानको दिन बूथ कक्षका अधिकांश झ्याल-ढोकाहरूलाई बन्द राखिन्छ जसले गर्दा भित्र अँध्यारो हुन्छ। यस्तो स्थितिमा प्रकाशको व्यवस्था अनिवार्य हुन्छ अन्यथा मतदान प्रक्रिया बाधित हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande