
सिलगढ़ी, 16 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमा बिहीवार सिलगढ़ी महकुमाको खोरीबाड़ीमा भाजपा उम्मेद्वारहरूको समर्थनमा प्रचार गर्नका लागि आइरहेका छन्।
जानकारी अनुसार उनले फाँसीदेवा विधानसभा क्षेत्रबाट भाजपा उम्मेद्वार दुर्गा मुर्मूको समर्थनमा जनसभालाई सम्बोधन गर्नेछन्। यो जनसभा अपरान्ह 3 बजी आयोजना गरिनेछ। सभालाई लिएर तयारी अन्तिम चरणमा पुगिसकेको छ।
अर्कोतिर असमका मुख्यमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। क्षेत्रमा प्रचुर मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ। यसको साथै बतासीको पीएसए मैदानमा हेलिप्याड बनाइएको छ जहाँ डा. सरमाको हेलिकप्टर अवतरण गर्ने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा