
-बन्दरगाहहरूमा अड़्किएका छन् सयकड़ौं कन्टेनर
पानीपत, 19 अप्रेल (हि.स.)। ईरान-इजराइल-अमेरिकामाझ भइरहेको युद्धले गर्दा पानीपतमा कम्बल व्यवसायकोक निर्यातलाई ठूलो झट्का लागेको छ जुन पहिलाबाटै डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफको कारणले ठूलो दबावमा छ। पानीपतका निर्यातक डायमण्ड एक्सपोर्टका डाइरेक्टर सुनिल वर्माको भनाइ छ, यहाँ वार्षिक कम्बल निर्यात कारोबार लगभग 600 कड़ोर रुपियाँको हुन्छ जसले मुख्य रूपमा मध्य-पूर्वी बजारहरूको आवश्यकतालाई पूरा गर्छ, तर अब युद्धको कारणले समस्याहरूको सामना गर्न परिरहेको छ। मिंक कम्बल वा अन्य उत्पादहरू लादिएका 160 वटा कन्टेनर समुद्रमा फसेका छन् भने 450 वटा कन्टेनरहरू विभिन्न बन्दरगाहहरूमा अड़्किएका छन्।
पानीपतको मोठ वार्षिक व्यवसाय लगबग 60-80 हजार कड़ोर रुपियाँ छ जसमा लगभग 20 हजार कड़ोर रुपियाँको निर्यात हुन्छ। पानीपतले मध्य-पूर्वी देशहरूमा मिंक कम्बल तथा नमाजका चटाई, तौलिया निर्यात गर्दछ जसको वार्षिक व्यवसाय लगभग 650 कड़ोर रुपियाँको छ। युद्दको कारणले कम्बलको व्यापार मात्र नभएर किन्नेहरूको भुक्तान पनि अड़्किएको छ। साथै किन्नेहरूको अर्डर पनि रद्द गरिएको छ।
पानीपत च्याम्बर अफ कमर्सका प्रधान विनोद धमिजाले बताए, यस युद्धले पानीपतको निर्यातलाई पूर्ण रूपले बाधित बनाएको छ। किनभने पानीपतको डाई हाउस जुन तेल र ग्यासले चल्थ्यो, अधिकांश बन्द हुने अवस्थामा पुगेको छ। कारण युद्धको कारणले तेल र ग्यासको आयात प्रभावित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा