
री-भोई (मेघालय), 16 अप्रेल (हि.स.)। जवाहर नवोदय विद्यालय (जेएनवी), री-भोई, मेघालयले हालैमा घोषित सीबीएसई कक्षा दशौंको परिणाममा उल्लेखनीय प्रदर्शन गरेको छ। विद्यालयले सय प्रतिशत परिणाम हासिल गरेको छ जसले यसको शैक्षणिक स्तरलाई दर्शाउँछ।
विद्यालयद्वारा बिहीवार बताइएको छ, प्रथम श्रेणीमा उत्तीर्ण हुने पाँचजना विद्यार्थीहरूमा क्रमैले बंडिलांग पोहताम – 91.80 प्रतिशत, बेटश्वाडाफी खारसोहनोह – 90.20 प्रतिशत, एलिज़ाबेथ एल ट्रन – 85.60 प्रतिशत, बन्यल्ला एम कुर्बाह – 85.60 प्रतिशत, एरिका डोना लिंगदोह नोंगलैत-85.60 प्रतिशत रहेका छन्।
यसरी नै विषयगत सर्वोच्च अंक प्राप्त गर्ने विद्यार्थीहरूमा क्रमैले अंग्रेजीमा बेटश्वाडाफी खारसोहनोह – 97/100, गणितमा रिडेला मुक्टिएह – 96/100, सूचना प्रौद्योगिकीमा बंडिलांग पोहताम – 96/100 अंक प्राप्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा