केजरीवालले लखनऊको विकास नगरस्थित झोपड़ी बस्तीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरे
केजरीवालले लखनऊको विकास नगरस्थित झोपड़ी बस्तीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरे


नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आआपा) का राष्ट्रिय संयोजक एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले गए बुधवार लखनऊको विकास नगरस्थित झोपड़ी बस्तीमा भएको आगलागीलाई लिएर दुःख व्यक्त गरे।

अरविन्द केजरीवालले बिहीवार सोशल मीडिया प्लेटफर्म एक्समा पीड़ित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै लेखे, लखनऊको विका नगरस्थित झोपड़ी बस्तीमा भएको भयानक आगलागीमा आफ्नो सर्वस्व गुमाउने पीड़ित परिवारहरूप्रति मेरो गहन संवेदना छ।

उनले भने, यी गरीब परिवारहरूको टाउको लुकाउने छानो मात्र खोसिएको छैन जबकि उनीहरूगो जीवनभरिको जमा पूँजी तथा रोजगारको साधन समेत आगोमा जलेर खरानी भएको छ। केजरीवालले सरकारसित अपील गरेका छन्, पीड़ित परिवारहरूको लागि चाँड़ोभन्दा चाँड़ो उचित राहत, रोजगार एवं पुनर्वासको व्यवस्था गरियोस्।

उल्लेखनीय छ, लखनऊको विकास नगरको झोपड़ी बस्तीमा गए बुधवार साँझ भयानक आगो लाग्यो जसमा दुई सय वटा भन्दा अधिक झोपड़ीहरू जलेर खरानीमा परिणत भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande