
उत्तर दिनाजपुर, 16 अप्रेल (हि.स.)। कंग्रेस कार्यालयमा भाजपाको झण्डा लगाएको घटनालाई लिएर बिहिवार उत्तर दिनाजपुर जिल्लाको कालियागञ्जमा तनाउ फैलियो। आरोप छ, राती अँध्यारोमा कालियागञ्ज शहरको तालतलास्थित कंग्रेस कार्यालयमा भाजपाको झण्डा लगाइयो। बिहीवार बिहान कार्यालय सामु कंग्रेसका नेता तथा कार्यकर्ताहरूले आक्रोश व्यक्त गरे। भाजपाको झण्डा हटाउँदा दुई दलका मानिसहरूमाझ ठेलाठेल पनि भयो।
घटनास्थलमा केन्द्रिय बल र पुलिस पुग्यो। घटनाको विरोधमा कंग्रेस नेता-कार्यकर्ताहरूले कार्यालय अगाड़ि धरना प्रदर्शन गर्न शुरू गरे। कंग्रेसको आरोप छ, भाजपाले उनीहरूको पार्टी कार्यालयमा कब्जा गर्ने चेष्टा गरिरहेको छ।
अर्कोतिर भाजपाका स्थानीय नेतृत्वको भनाइ छ, राति अँध्यारोमा कसैले कंग्रेस कार्यालयमा भाजपाको झण्डा लगाइदियो। यसलाई हटाउने क्रममा कंग्रेसले भाजपा कार्यकर्ताहरूमाथि हमला गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा