
सियालदह/हावड़ा, 19 अप्रेल (हि.स.)। रेलवेले गर्मीमा यात्रीहरूको भीड़लाई मध्यनजर गर्दै पूर्व रेलवे सियालदह र हावड़ा शाखामा स्पेशल ईएणयू ट्रेनहरूलाई संचालनमा ल्याउने फसेला गरेको छ। रेलवे अनुसार सियालदह-नामखाना, सोनारपुर-डायमण्ड हार्बर, ब्याम्डेल -काटवा, काटवा-बर्दवान शाखामा केही अतिरिक्त ट्रेनहरू संचालन गरिनेछ। यी ट्रेनहरू आगामी 20 देखि 30 अप्रेलसम्म संचालनमा रहनेछन्।
रेलवे अनुसार सियालदह-नामखाना शाखाले ईएमयू ट्रेनहरूलाई संचालनमा ल्याइरहेको छ। ट्रेन सियालदहदेखि बिहान 6:15 बजे प्रस्थान भएर बिहान 8:45 बजे नामखाना पुग्नेछ। यसको साथै थप अर्को ईएमयू ट्रेन नामखानादेखि सोनारपुरसम्म चल्नेछ जुन बिहान 9:10 बजे प्रस्थान भएर बिहान 11:03 बजे सोनारपुर पुग्नेछ। सोनारपुर-डायमण्ड हार्बर शाखामा पनि नयाँ ट्रेनलाई संचालन गरिनेछ जुन बिहान 11:17 बजे प्रस्थान भएर अपरान्ह 12:29 बजे डायमण्ड हार्बर पुग्नेछ।
डायमण्ड हार्बर-सियालदह रूटमा विशेष ट्रेनहरूलाई चलाइनेछ। शाखा ट्रेन अपरान्ह 12:38 बजे प्रस्थान भएर अपरान्ह 2:23 बजे सियालदह पुग्नेछ। बंदेल-कटवा शक्तिमा थप ट्रेनहरू संचालन हुनेछन्। इस्टर्न रेलवेले यो पनि घोषणा गरेको छ, काटवा-बर्दवान रूटमा अप-डाउन ट्रेनहरूको एक जोड़ी चल्नेछ। सबै ट्रेनहरू शुरूमा 20 देखि 30 अप्रेलसम्म चल्नेछन्। ध्यान दिनुपर्ने कुरा के छ भने यस अवधि राज्यमा दुई च रणमा चुनाउ भइरहेकोले भीड़ अधिक छ। कतिपय मानिसहरूको मान्यता अनुसार यसैलाई ध्यानमा राकेर यो फसेला लिइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा