मन्त्री सिरसाले डीकेवीआईबी कर्मचारीहरूको वित्तीय विकाससित सम्बन्धित मुद्दाहरूको समाधान गरे
मन्त्री सिरसाले डीकेवीआईबी कर्मचारीहरूको वित्तीय विकाससित सम्बन्धित मुद्दाहरूको समाधान गरे


नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। दिल्लीका उद्योग, खाद्य एवं आपूर्ति मन्त्री मनजिन्दर सिंह सिरसाले बिहीवार दिल्ली सचिवालयमा दिल्ली खादी एवं ग्राम उद्योग बोर्ड (डीकेवीआईबी) का कर्मचारीहरूसित भेट गरे।यस भेटमा उनले कर्मचारीहरूको 32 वर्ष पुरानो वित्तीय विकाससित सम्बन्धित मुद्दाको समाधान गरे जुन उनीहरूको पदोन्नतिसित सोझै जोड़िएको छ। यस फसेलाबाट डीकेवीआईबीका रिटायर्ड कर्मचारीहरू पनि लाभान्वित हुनेछन् जो पछिल्लो लामो समयदेखिको उक्त फसेलाको प्रतिक्षामा थिए।।

मन्त्री मनजिन्दर सिंह सिरसाले सोशल मीडिया अकाउन्ट एक्मा पोस्ट गरी बताए, ‘जुन कर्मचारीहरूको मामिला पछिल्लोकंग्रेसर आम आदमी पार्टी (आआपा) का सरकारहरूमा दशकौंदेखिको थाँतीमा थियो, त्यसलाई मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा आज हामीले सुल्झाएर उनीहरूको हक दिलाउने काम गरेका छौं। उनले भने, कसैको हक नखोसियोस्, सबैले सही सम्मान पाओस्, यही नै हाम्रो सरकारको वास्तविक उद्देश्य हो। जनसेवाको वास्तविक भावना बोकेर नै हाम्रो सरकारले काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande