
गान्तोक, 16 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले 'नारी शक्ति वन्दन अधिनियम' को समर्थनमा राज्यव्यापी हस्ताक्षर अभियान शुरू गरेको छ। यस अभियानको उद्देश्य लोकसभामा पेश गरिएको 'नारी शक्ति वन्दन अधिनियम' लाई लिएर जागरूकता फैलाउनु र जनसमर्थन जुटाउनु रहेको बताइएको छ।
भाजपा सिक्किमले भनेको छ, अभियानको उद्देश्य महिला राजनीतिक सशक्तिकरणको सन्देश घर-घरमा पुर्याउनु हो। पार्टी कार्यकर्ताहरू नागरिकहरूसम्म पुग्नेछन् अनि लोकसभा र राज्य विधानसभाहरूमा महिलाहरूको लागि ३३% आरक्षणको महत्त्व बुझाउनेछन्। यसैगरी, यस ऐतिहासिक विधेयकको लागि जनताको समर्थनको रूपमा हस्ताक्षर सङ्कलन गर्नेछन्।
भाजपा सिक्किमले 'नारी शक्ति वन्दन अधिनियम' लाई वास्तवमा समावेशी लोकतन्त्रतर्फको एक ऐतिहासिक कदम ठहर गर्दै सिक्किम यस संकल्पमा प्रधानमन्त्री नरेन्द्र मोदीको साथ दृढ़तापूर्वक उभिएको बताएको छ। यस हस्ताक्षर अभियान मार्फत सिक्किमको प्रत्येक आवाज नारी शक्तिको पक्षमा सुनियोस् भन्ने कुरा सुनिश्चित गरिने पनि प्रदेश भाजपाले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल