
कोलकाता, 16 अप्रेल (हि.स.)। सल्टलेकको सेक्टर-5 क्षेत्रमा बिहीवार सबेरै एउटा द्रूत गतिको कार अनियन्त्रित भएर सड़कको डिभाइडरसित ठोक्कियो। यस भयानक घटनामा डिभाइडरको छेउमा रहेको एउटा ल्यामपोसट पनि उखेलियो। घटनामा कारमा सवार चारैजना मानिसहरू घाइते भए।
सूत्र अनुसार बिहान लगभग पाँच बजे सूचना प्रौद्योगिकी नगर सेक्टर-5 देखि न्यू टाउन तर्फ गइरहेको एउटा कालो रंगको कार द्रूत गतिको कारणले अचानक अनियन्त्रित भएर सोझै सड़कको डिभाइडरसित ठोक्कियो। कारमा तनजना पुरूष र एकजना महिला सवार थिए।
घटनाको सूचना पाउनसाथ इलेक्ट्रनिक्स कम्प्लेक्स थानाको पुलिसले घटनास्थलमा पुगेर सबै घाइतेहरूलाई तुरून्तै एक निजी असपतालमा भरी गरायो। चिकित्सकहरूले प्राथमिक उपचारपछि दुईजना छुट्टी दियो भने चालक र छेउमा बसेको यात्री अहिले पनि उपाचाराधिन छन्।
पुलिसले यो जाँच गिरहेको छ, कार चालक नशामा थियो कि थिएन। दुर्घटनाग्रस्त कारलाई पुलिसले कब्जामा लिएर मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा