
गुवाहाटी/नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। राज्यसभाका नवनिर्वाचित सांसद तेरेस गोवालाले सादगी औ आफ्नो अतीतका सम्झनाहरूलाई ताजा बनाउँदै संसद भवनमा पुग्नका लागि साइकलको सहारा लिए। उनको यस अनौठो शैलीले आज सबैको ध्यान आकर्षित गरेको छ।
तेरेस गोवालाले दिल्लीका सड़कहरूमा साइकल चलाउँदै आफ्ना पुराना सम्झनाहरूलाई आलो बनाए। आम रूपमा नेताहरू वाहनहरूको लस्करको साथमा संसद भवनमा पुग्ने गर्दछन् भने अर्कोतिर उनको यो कदमलाई भिन्नै तथा विशेष देखियो।
उनको यस पहललाई सादगी तथा सदैव जरासितै जोड़िरहने सन्देश रूपमा मानिँदैछ। त्यसपछि उनले राज्यसभामा पुगेर शपथ ग्रहणको औपचारिकता पूरा गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा