
चुराचाँदपुर (मणिपुर), 16 अप्रेल (हि.स.)। मणिपुरको चुराचाँदपुर जिल्ला अधिनस्थ रेंगकाई क्षेत्रमा सुरक्षा बलहरूले एउटा वाहनलाई रोकेर त्यसमा सवार दुईजना मानिसहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने मानिसहरूको पहिचान एस मोल्डुंग निवासी नगामखोमांग हाओकिप (36)र ल्हांगनोम गाउँनिवासी लेटमिनथांग हाओकिप (38)-को रूपमा भएको छ। विशेष सूचनाकोआधारमा सुरक्षा बलहरूले वाहनलाई रोकेर दुवैलाई हिरासतमा लिएको हो।
कारबाहीको क्रममा उनीहरूको कब्जाबट एउटा वाहन र तीन वटा मोबाइल फोन पनि जफत गरिएको छ।
पुलिसले बिहीवार बतायो, प्रारम्भिक जाँचमा थाहा लागेको छ कि दुवै आरोपी सिएलमत पुलमा सुरक्षा बलहरूमाथि भएको गोलीकाण्डमा सामेल थिए जसमा ऱ्यापिडएक्शन फोर्स (आरएएफ)-का एक जना जवानलाई लोगी लागेर घाइते भएका छन्। मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा