श्याम सुन्दर हत्याकाण्डका दुई आरोपी पक्राउ
श्याम सुन्दर हत्याकाण्डका दुई आरोपी पक्राउ


शाहजाहपुर, 16 अप्रेल (हि.स.)। उत्तर प्रदेशको शाहजहाँपुर जिल्लाको मदनापुर थाना क्षेत्र अन्तर्गत बरीखास गाउँमा मंगलवार राति श्याम सुन्दर (25) नामक एक युवकको गोली हानी हत्या गरिएको थियो। पुलिसले बुधवार साँझ दुई अभियुक्तलाई पक्राउ गऱ्यो।

क्षेत्राधिकारी सदर प्रयंक जैनले बिहिवार बताए, करनपुर पड़री निवासी श्याम सुन्दर (25) बाल्यकालदेखि नै आफ्नो बरीखासमा आफ्ना बाजे विश्रामसँग बस्दै आएका थिए। विश्रामले आफ्नो जग्गा पनि श्याम सुन्दरलाई दिएका थिए। यसबाट रिसाएर विश्रामका भतिजा धनवीर र उनका छोरा अजयभान बुधवार साँझ श्याम सुन्दरको घरमा पुगे, उनीसित दुर्व्यवहार गरे र आफ्नो घरमा तानेर लगे। अजयभानले अवैध हतियारले श्याम सुन्दरको गोली हानी हत्या गरेको थियो।

क्षेत्राधिकारीले आरोपीलाई पक्राउ गर्न टोली गठन गरिएको बताए। बुधवार साँझ पुलिस टोलीले एक सूचनादाताको सूचनाको आधारमा मुख्य अभियुक्त अजयभान र उनका पिता धनवीरलाई चन्दोखा चौबाटो नजिकैबाट पक्राउ गऱ्यो। पुलिसले घटनाको सम्बन्धमा अभियुक्तसँग सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande