कुचबिहारको ऱ्यालीमा ममता ब्यानर्जीले भनिन्- भाजपाले अत्याचार गरिरहेको छ, जनता सतर्क बस्नुपर्छ
कुचबिहारको ऱ्यालीमा ममता ब्यानर्जीले भनिन्- भाजपाले अत्याचार गरिरहेको छ, जनता सतर्क बस्नुपर्छ


कुचबिहार, 16 अप्रेल (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 को प्रचार अभियान आफ्नो चरममा पुगेको छ। यसै क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले कुचबिहार जिल्लाको माथाभांगा विधानसभा क्षेत्रको घोजाडांगामा चुनावी जनसभालाई सम्बोधन गरिन्। तृणमूल कंग्रेसका उम्मेद्वार साबलू बर्मनको समर्थनमा आयोजित सो सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भारतीय जनता पार्टी (भाजपा)-माथि धारिलो प्रहार गरिन्। उनले दाबी गरिन्, देशका विभिन्न विपक्षी नेता जसमा उद्धव ठाकरे, अखिलेश यादव, एमके स्टालिन औ तेजस्वी यादव सामेल छन्,-हरू उनको सम्पर्कमा छन् र सबैको मान्यता छ कि बंंगालमा भाजपाले अत्याचार गरिरहेको छ।

मुख्यमन्त्रीले आरोप लगाइन्, भाजपासित बूथ स्तरमा कार्यकर्ताहरू छैन। उसले एजेन्सीहरूको माध्यमबाट फारम भराएर मानिसहरूलाई राख्ने प्रयास गरिरहेको छ। उनले भनिन्, भाजपाले पैसाको बलमा चुनाउलाई प्रभाव पार्ने चेष्टा गरिरहेको छ।

महिला आरक्षण बिललाई लिएर उनले प्रश्न उठाउँदै अघि भनिन्, यसलाई परिसीमनसित जोड़्नु एउटा षड़यन्त्र हो जसको माध्यमबाट राज्यको विभाजन, मतदाताहरूको नाम हटाउने तथा राष्ट्रिय नागरिक रेजिस्टर (एनआरसी) लागू गर्ने प्रयास गरिँदैछ।

उनले नाम उच्चारण नगरी केन्द्रिय गृह मन्त्रीलाई लक्षित गर्दै भनिन्, जसले मानिसहरूलाई डिटेन्सन क्याम्पमा पठाउने कुरा गरिरहेको छ, उसैलाई डिटेन्शन क्याम्पमा पठाइनेछ।

मुख्यमन्त्रीले ‘मातृशक्ति कार्ड’- को परिप्रेक्ष्यमा भाजपाको आलोचना गरिन् अनि मानिसहरूसित अपील पनि गरिन् कि उनीहरूले कुनै फारममा आफ्नो निजी जानकारी जस्तै मोबाइल नम्बर तथा ब्यांक विवरण साझा नगरुन्।

कानून व्यवस्थाको मुद्दामा उनले भनिन्, अहिलेघरि यो जिम्मेवारी उनीसित नभए पनि भविष्यमा उनकै नियन्त्रणमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande