
गान्तोक, 16 अप्रेल (हि.स.)। उत्तर सिक्किमको चुङथाङमा निर्माणाधीन जलविद्युत परियोजना स्थलमा दुर्घटनावश एक श्रमिकको ट्रकको चपेटमा परेर मृत्यु भएको छ। मृतक श्रमिकको नाम बिकुराम कुली बताइएको छ। 28 वर्षीय मृतक मूल रूपमा असम राज्यको धेमाजी जिल्ला निवासी थिए।
पुलिस रिपोर्टका अनुसार, बिकुराम कुली आफ्ना सहकर्मीहरूसॅंग नाइट सिफ्टको समयमा कंक्रीट निर्माणको लागि कफर ड्याम साइटमा तैनाथ थिए। 16 अप्रेल बिहान काम सकेर उनी आफ्ना सर-सामानहरू उठाउॅंदै थिए, त्यही समय क्रशर प्लान्टबाट संक्रीट मिक्सर ट्रक त्यहॉं आइपुग्यो।
ट्रक रिभर्स गर्ने क्रममा कुली ट्रकको चपेटमा परे। घटनास्थलमा निकै होहल्ला भयो। सहकर्मीहरूलाई कुलीलाई उद्धार गरी चुङथाङ अस्पताल लिएर गए, जहॉंबाट उनलाई मङ्गन जिल्ला अस्पताल रेफर गरियो। तर, बाटैमा उनले अन्तिम सास लिए।
पुलिसले आरोपी ट्रक चालकलाई सोधपुछका लागि अधीनमा लिएको छ। घटनाको सम्बन्धमा बीएनएसएस 2023 को धारा 281/106/125 र सीएमसी एक्ट, 1988 को धारा 184 अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल