
मिरिक, अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिका निर्दलीय उम्मेदवार मोहन शर्माले बिहिवार मिरिकमा एक पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो चुनाउ घोषणा पत्र जारी गरेका छन्। सिलगढीको दार्जिलिङ मोड निवासी शर्मा यसपाली खरसाङ विधानसभा समष्टिबाट युवाहरुलाई रोजगार दिने वाचाका साथमा चुनावी मैदानमा उत्रिएका छन्।
चुनाव घोषणा पत्र जारी गर्दै शर्माले स्थानीय तहमा रोजगारको अवसर सिर्जना गर्ने, डिटीजल माध्यमबाट युवाहरुलाई रोजगारको अवसर प्रादान गर्ने, चियाबारी श्रमिकहरुका ज्याला 250 रुपियाँबाट बढाएर 400 रुपियाँ गराउन साथै श्रमिकहरुको समस्या समाधानका लागि 30 दिनको योजना बनाएर काम गर्ने, स्किल डेभलपमेन्टका लागि प्रशिक्षण केन्द्र स्थापना गर्ने, आपतकालीन स्वास्थ्य सेवाको लागि 24 घण्टा एम्बुलेन्स सेवा सञ्चालन गर्ने र मोबाइल युनिट शुरु गर्ने जस्ता घोषणा गरेका छन्।
उनले विधानसभामा पुगेर चियाबारी श्रमिकहरुका लागि सशक्त रुपमा आवाज उठाउने बताए। उनले चियाबारी श्रमिकहरुको आवाज विधानसभा शक्तिशाली रुपमा उठाउने प्रतिनिधि चाहिएको छ भन्दै आफुले सो काम गर्ने बताए। शर्माले पूर्व जनप्रतिनिधिहरूले 20 वर्षसम्म गर्न नसकेका कामहरू केवल 2 वर्षमा गरेर देखाउने दाबी पनि गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक