साफोमा अग्नि सुरक्षामाथि सचेतना कार्यक्रम सम्पन्न
साफोमा अग्नि सुरक्षामाथि सचेतना कार्यक्रम सम्पन्न


चुङथाङ, 16 अप्रेल (हि.स.)। राष्ट्रिय अग्नि सेवा सप्ताह पालनको क्रममा आज साफो सरकारी जुनियर हाई स्कूलमा चुङथाङ फायर स्टेशनले अग्नि सुरक्षामाथि एक सचेतना कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा अधिकारीहरूले अग्नि सुरक्षाको महत्वमाथि प्रकाश पार्दै अग्निशमन उपकरणहरूको सही उपयोग, भूकम्प उद्धार प्रविधि र एलपीजी ग्यासमा आगो लाग्दा यसलाई नियन्त्रित गर्ने उपायहरूबारे जानकारी गराए।

कार्यक्रममा विद्यालयका शिक्षकगण, विद्यार्थीहरू, वरिष्ठ नागरिकहरू र हितधारकहरूको सक्रिय सहभागिता रह्यो। चुङथाङका उप अग्नि नियन्त्रक रिन्जिङ लामाको मार्गदर्शन र पर्यवेक्षणमा सप्ताहव्यापी राष्ट्रिय अग्नि सेवा सप्ताह जागरूकता र संवेदीकरण कार्यक्रमहरू आयोजना भइरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande