
कोलकाता, 17 अप्रेल (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको सबंगमा चुनाउ प्रचार गर्ने क्रममा हरिजन पल्लीमा एकजना महिला र उसकी सानी छोरीसित कथित रूपमा दुर्व्यवहार भएको घटनालाई लिएर तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले भारतीय जनता पार्टी (भाजपा)-माथि तीव्र प्रहार गरेका छन्। उनले आरोपीहरूविरूद्ध कड़ा चेताउनी दिँदै भने, उनीसित सबैको नाम छ। आगामी 4 मईपछि सबैले पीड़ित महिला तथा उसकी दुई वर्षीय बालिकासित माफी माग्नुपर्छ।
जानकारी अनुसार गए बिहीवार राती सबंग विधानसभा क्षेत्रको हरिजन पल्लीमा स्थानीय गृहिणी साथी घोराई कुइलाकी सानी छोरीबाट कथित रूपमा गल्तीले भजपाको पोस्टर च्यातियो। त्यसपछि भाजपाका केही कार्यकर्ताहरूले महिलाको घरमै गएर छोरीको छेउमा डर तथा धम्कीसितै कुटपिट गरेको आरोप छ।
यस मामिलामा सबंग थानामा सिकायत दर्ता गरिएको छ। घटनाको विरोधमा अभिषेक ब्यनर्जीले भने, पार्टीको पक्षबाट सिकायत गरिएको छ। आठजना आरोपीहरूमध्ये एकजनालाई पक्राउ गरिसकिएको छ। उनले जिल्ला प्रशासनमाथि भरोसा व्यक्त गर्दै निष्पक्ष कारबाही गर्ने आशा व्यक्त गरे।
अभिषेकले यो पनि आरोप लगाए, वामपन्थी दलसित जोड़िएका केही असामाजिक तत्वहरू अहिले दलबदल गरेर भाजपामा सामेल भएका छन् जसले क्षेत्रको शान्ति व्यवस्था खलबलाउने चेष्टा गरिरहेका छन्। उनले भने, दोषीहरूलाई कुनै पनि मूल्यमा छोड़िनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा