
सिलगढ़ी, 17 अप्रेल (हि.स.)। शहरबाट हैरान पार्ने चोरीको घटना सामु आएको छ। एसएफ रोडस्थित सिद्धेश्वरी कालीबाड़ी परिसरको शिव मन्दिरमा बिहान सबेरै चोरले दानपात्र चोरेर भाग्यो जसले गर्दा क्षेत्रमा खैलाबैला मचियो।
प्राप्त जानकारी अनुसार घटना शुक्रवार बिहान लगभग साढ़े चार बजे भएको हो। एक अज्ञात चोरले मन्दिरमा पसेर त्यहाँ राखिएको दानपात्र चोरेर भाग्यो। चोरीको सम्पूर्ण घटनाक्रम मन्दिरको सीसीटीभी क्यामरामा कैद भएको छ।
सीसीटीभी फुटेजमा आश्चर्यको दृश्य देखिएको छ जसमा चोरी गरेपछि आरोपीले मन्दिरमा प्रणाम पनि गर्छ जुन दृश्यले यस घटनालाई अझ चर्चित बनाइदिएको छ।
घटना बारे जानकारी पाएर मन्दिर प्रबन्धनको पक्षबाट सिलगढ़ी पुलिसमा लिकित सिकायत दर्ता गरियो। मामिलाको जाँच शुरू गरिएको छ। पुलिसले सीसीटीभी फुटेजको आधारमा आरोपीलाई चिन्हित गर्न जुटेको छ।
मन्दिर कमिटीका सदस्य जयन्त साहाले घटनाको कड़ा निन्दा गर्दै भने, यस्तो अपराधीलाई चाँड़ै पक्राउ गरी कड़ा सजाय दिइनुपर्छ। उनले मानिसहरूसित पनि अपील गरे, यदि कसैले आरोपीलाई चिन्छ भने तुरून्त पुलिसलाई सूचना दिइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा