भाजपा प्रत्याशीका निर्वस्त्र तस्वीरहरू बसहरूमा टाँसिएको आरोप, निर्वाचन आयोगमा सिकाकाय दर्ता
भाजपा प्रत्याशीका निर्वस्त्र तस्वीरहरू बसहरूमा टाँसिएको आरोप, निर्वाचन आयोगमा सिकाकाय दर्ता


आसनसोल, 17 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको पृष्ठभूमिमा दुर्गापुर पश्चिम विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा)- का प्रत्याशी एवं वर्तमान विधायक लक्ष्मण घुरुईले निर्वाचन आयोगमा सिकायत दर्ता गराउँदै आरोप लगाएका छन्, उनका कथित निर्वस्त्र तस्वीरहरू कृत्रिम बुद्धिमत्ता तकनिकको माध्यमबाट बनाएर बसहरूको बाहिर टाँसिएको छ ताकि मतदाताहरूमा उनको छविलाई धमिल्याउन सकियोस्।

घुरुईले आरोप लगाए, तृणमूल कंग्रेस समर्थकहरूले चुनाउमा परास्त हुने डरले उनलाई बदनाम गराउनको लागि यस्तो कृत्य गरेका हुन्। उनले भने, उनका समर्थकहरूले जानकारी दिए- दुर्गापुर पश्चिम क्षेत्रमा चल्ने 8-बी मार्गका मिनी बसहरू सहित केही बसहरूमा यी तस्वीरहरू टाँसिएका छन्।

भाजपा प्रत्याशीले बताए, मामिलाको सूचना दुर्गापुरका उपमण्डलाधिकारी तथा पश्चिम बर्दवानका जिल्लाधिकारीलाई दिइएको छ। साथै निर्वाचन आोगसित पनि हस्तक्षेप गर्ने माग गरिएको छ।

यता तृणमूल कंग्रेसका जिल्ला प्रवक्ता वी. शिवदासनले उपरोक्त आरोपलाई खारेज गर्दै भने, उनको पार्टीको यस घटनासित कुनै सम्बन्ध छैन। उनले दाबी गरे, यो दुर्गापुर पश्चिममा भाजपाभित्रको गुटबाजीको परिणाम हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande