
पूर्व मेदिनीपुर, 17 अप्रेल (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउको मुखैमा नन्दीग्राम फेरि राजनीतिक तनाउको केन्द्र बन्न पुगेको छ। तृणमूल कंग्रेस नेता शेख सुफियानमाथि भाजपाका एकजना नेताले धम्की दिएको तथा अपशब्द प्रयोग गरेको आरोप लागेको छ। यस मामिलामा नन्दीग्राम थानामा सिकायत दर्ता गरिएको छ जसपश्चात तृणमूल कंग्रेस र भाजपाबीच राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ।
जति-जति विधानसभा चुनाउको मिति नजिकिँदैछ उति-उति नन्दीग्राममा राजनीतिक तापमान पनि बढ़्दै गइरहेको छ। वर्ष 2021 को विधानसभा चुनाउँमा यहाँ मुख्यमन्त्री ममता ब्यनर्जी र भाजपा नेता शुभेन्दु अधिकारीबीच सोझो भिड़न्त भएको थियो। यसपालि पनि यो सीटलाई अत्यन्त महत्वपूर्ण मानिँदैछ। आगामी चुनाउमा भाजपाका शुभेन्दु अधिकारीसित भिड़ाउन उनका पूर्व निकटवर्ती सहयोगी पवित्र करलाई तृणमूल कंग्रेसले मैदानमा उतारेको छ।
यसबीच क्षेत्रमा बमबाजी भएको आरोपले माहोल झन् तनाउपूर्ण भएको छ। भाजपाको तमलुक संगठनात्मक जिल्ला अल्पसंख्यक प्रकोष्ठका महासचिव अब्बास बेगले आरोप लगाएका छन्, गत 15 अप्रेलको दिन नन्दीग्रामको दाउदपुर ग्राम पञ्चायत अन्तर्गत नयनान क्षेत्रमा पवित्र करको समर्थनमा एउटा पथसभा आयोजना गरिएको थियो। यसै अवधि तृणमूल नेता शेख सुफियानले उनलाई लक्षित गरी गाली तथा धम्की दिए।
अब्बास बेगले नन्दीग्राम थानामा उक्त घटनालाई लिएर सिकायत दर्ता गराएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा