तृणमूल उम्मेदवारमाथि भएको आय करको कारबाहीदेखि ममता रूष्ट, एजेन्सीहरूलाई दुरूपयोग गरेको आरोप
तृणमूल उम्मेदवारमाथि भएको आय करको कारबाहीदेखि ममता रूष्ट, एजेन्सीहरूलाई दुरूपयोग गरेको आरोप


कुचबिहार, 17 अप्रेल (हि.स.) कोलकातामा तृणमूल कंग्रेसका नेता औ पार्टी उम्मेदवार देवाशिष कुमारको घर तथा कार्यालयमा भएको आय करको छापामारीलाई लिएर पार्टी सुप्रीमो ममता ब्यानर्जीले चर्को प्रतिक्रिया व्यक्त गरेकी छन्। यस सम्बन्धमा उनले शुक्रवार भारतीय जनता पार्टी (भाजपा) माथि केन्द्रिय जाँच एजेन्सीहरूको दुरूपयोग गरेको आरोप लगाइन्।

कुचबिहारको रासमेला मैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भनिन्, भजपा सोझो राजनीतिक लड़ाईँमा असफल भइसकेको छ, त्यसैले तृणमूल उम्मेद्वार तथा पार्टी कार्यालयहरूमा प्रवर्तन निदेशालय र आय कर विभागको माध्यमबाट छापामारी गराइँदैछ।

ममता ब्यानर्जीले भनिन्, कालो धनको हवाला कारबार गर्ने मानिसहरू बंगालमा बसेका छन्, तर कारबाही उनीहरूविरूद्ध भइरहेको छैन। यसको सट्टा मेरा उम्मेद्वारको घर र पार्टी कार्यालयमा खानतलासी गरिँदैछ। उनले दाबी गरिन्, उनको विमानको पनि जाँच गर्ने प्रयास गरिएको थियो साथै उनका सुरक्षा कर्मीहरूमाथि पनि कारबाही गरिँदैछ।

मुख्यमन्त्रीले भाजपालाई लक्षित गर्दै भनिन्, उसले आमने-सामने राजनीतिक स्पर्धा गर्न सकिरहेको छैन। उनले विश्वास व्यक्त गरिन्, जनताले मतदान पेटीको माध्यमबाट यसको जवाफ दिनेछन्।

उल्लेखनीय छ, शुक्रवार बिहानदेखिकै रासबिहारी विधानसभा क्षेत्रबाट तृणमूल कंग्रेसका उम्मेदवार देवाशिष कुमारको मनोहरपुकुरस्थित आवास र कार्यालयमा आयकर विभागले खोजी अभियान संचालन गरेको छ। अधिकारीहरूको साथमा केन्द्रिय बलका जवानहरू पनि छन्। भनिन्छ, एकसाथ उनका दुई वटा ठेगानाहरूमा जाँच गरियो जसपशचात उनको ससुरालीमा पनि खानतलासी गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande