
प्रय़ागराज, 17 अप्रेल (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित घूरपुर थाना क्षेत्रको बोगी परेड क्षेत्रमा शुक्रवार एक भट्टी मजदूरको शव कमरामा फन्दामा झुण्डेको पाइयो। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो।
डीसीपी यमुना नगर विवेक चन्द्र यादवले बताए, मृतकको पहिचान छत्तीसगढ़को बलौदा जिल्ला स्थित पलरी थाना क्षेत्रको लटेरा गाउँ निवासी वामन यादव (19) को रूपमा गरिएको छ। मृतक तीन दाज्यूभाईमा कान्छो थियो। गत केही दिनदेखि उ एउटा भट्टीमा मजदूरको रूपमा काम गरिरहेको थियो। उसको शव बोगी परेड ग्राउण्ड स्थित कमरामा फन्दामा झुण्डेको पाइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टोलीले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।
डीसीपी यमुना नगर विवेक चन्द्र यादवले बताए, युवकको शव फन्दामा झुण्डेको पाइयो। प्रथम दृष्टया मामिला आत्महत्या प्रतीत भइऱहेको छ। यद्यपि, पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको सही कारण पत्तो लाग्नेछ। पुलिसले सबै पहलुहरूमाथि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी