
पश्चिम मेदिनीपुर, 17 अप्रेल (हि.स.)। जिल्लाको डेबरा क्षेत्रस्थित राष्ट्रिय राजमार्ग- 16 मा गुड़िरहेको एउटा लरीमा अचानक आगो लाग्यो। शुक्रवार बिहान द्वारिकापुर क्षेत्रमा भएको यस घटनाले क्षेत्रमा कोकोहोलो मचायो।
प्रत्यक्षदर्शि अनुसार लरी हल्दिया–मेदिनीपुर राष्ट्रिय राजमार्ग भएर गुज्रिरहेको थियो, अचानक वाहनबाट धुँवा निक्लिरहेको देखियो। क्षणभरमै आगो फैलिएर लरीलाई आफ्नो चपेटमा लियो।
घटनापछि क्षेत्रमा खैलाबैलाको माहोल सृजना भयो भने केही समयसम्म राष्ट्रिय राजमार्गमा यातायात पनि बाधित भयो। सूचना पाएर दमकलको एउटा वाहन घटनास्थलमा पुग्यो। धेरै प्रयास गरेर आगोलाई नियन्त्रण गरियो।
प्राथमिक रूपमा मानिँदैछ, लरीको इञ्जिनमा यान्त्रिक खराबी आएको कारणले आगो लागेेको हुनसक्छ। तथापि आगलाहीको सही कारण पत्तो लगाउनको लागि पुलिसले अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा