नरेलाको भोरगढ़स्थित फ्याक्ट्रीमा आगलागी, 16 वटा दमकल बचाउ कार्यमा जुटे
नरेलाको भोरगढ़स्थित फ्याक्ट्रीमा आगलागी, 16 वटा दमकल बचाउ कार्यमा जुटे


नयाँ दिल्ली, 17 अप्रेल (हि.स.)। बाहिरी उत्तरी जिल्लाको नरेला औद्योगिक क्षेत्रस्थित भोरगढ़ क्षेत्रमा शुक्रवार बिहान एउटा फ्याक्ट्रीमा आगो लाग्यो। घटनाको सूचना सूचना पाउनसाथ दमकल विभागले तुरून्तै कारबाही शुरू गऱ्यो। हेर्दा-हेर्दै दमकलका दश वटा वाहनहरू घटनास्थलमा आइपुगे।

दमकल विभाग अनुसार बिहान लगभग 7:45 बजे फ्याक्ट्री नम्बर 214-ए, ए ब्लक, नरेलामा आगो लागेको सूचना प्राप्त भयो। प्रारम्भिक रूपमा पाँच वटा दमकललाई पठाइयो। तर घटनाको गम्भीरतालाई ध्यानमा राखेर बिहान 8:10 बजे यसलाई ‘मेक-4’ (भीषण) घोषित गरियो जसपश्चात अतिरिक्त दमकलहरूलाई घटनास्थल तर्फ प्रस्थान गराइयो।

दमकल अधिकारी अनुसार बढ़्दो आगोलाई मध्यनजर गर्दै 16 वटा दमकल वाहनहरूलाई पठाइयो। यो समाचार लेखुञ्जेलसम्म दमकलकर्मीहरूले आगो निभाइरहेका थिए। हाल आगलागीको कारण थाहा लाग्न सकेको छैन। राहतको कुरा, अहिलेसम्ममा कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande