ग्यास सिलेण्डर लीक भएर बिरयानी दोकानमा आगो लाग्यो
ग्यास सिलेण्डर लीक भएर बिरयानी दोकानमा आगो लाग्यो


सिलगढ़ी, 17 अप्रेल (हि.स.)। सिलगढ़ीको इस्टर्न बाइपास निकट बानेश्वर मोड़ क्षेत्रमा अवस्थित एउटा बिरयानी दोकानमा शुक्रवार ग्यास सिलेण्डरबाट आगो लागेको घटनाले कोकोहोलो मचायो।

जानकारी मुताविक शुक्रवार दोकानमा खाना पकाउँदै गर्दा अचानक ग्यास लीक भएर आगो लाग्यो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण दोकानलाई आफ्नो चपेटमा लियो। स्थिति गम्भीर बन्दै गएपछि स्थानीय मानिसहरूले तुरून्तै घटनास्थलमा पुगेर आगो निभाउन शुरू गरे।

स्थानीयहरूको तत्परताले दोकानभित्र राखिएका चार वटा ग्यासका सिलेण्डरलाई बाहिर निकालियो जसबाट ठूलो दुर्घटना हुनदेखि बच्यो। उनीहरूको यो प्रयासले आगोलाई केही हदसम्म नियन्त्रण गऱ्यो। पछि एउटा दमकल वाहन घटनास्थलमा आइपुग्यो। आशिघर पुलिस चौकी र ट्राफिक पुलिसका कर्मीहरू पनि घटनास्थलमा उपस्थित थिए। दमकलकर्मीहरूले पूर्ण रूपले आगोलाई नियन्त्रण गरिसकेका छन्।

तथापि स्थानीय मानिसहरूले आरोप लगाए, दमकलको टीम लगभग आधा घण्टा ढिल्यो आइपुग्यो जसले गर्दा मानिसहरूमा रोष व्याप्त भयो। तथापि यस घटनामा कुनै प्रकारको ठूलो नोक्सान वा जनहानि भएको समाचार प्राप्त भएको छैन। दोकानमा सामान्य क्षति पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande