माछामाथि राजनीति नगरौं, मछुआराहरूको विकास आवश्यक छः दिलीप घोष
माछामाथि राजनीति नगरौं, मछुआराहरूको विकास आवश्यक छः दिलीप घोष


खड़गपुर, 17 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता दिलीप घोषले पश्चिम बंगालमा माछाको विषयमा भइरहेको राजनीतिलाई अनावश्यक बताउँदै प्रदेश सरकारमाथि चर्को प्रहार गरेका छन्। उनले मुख्यमन्त्री ममता ब्यनर्जीमाथि आरोप लगाए, उनले जनतामाझ यो भ्रम फैलाएर भयपूर्ण वातावरण सृजना गरिरहेकी छन् कि भाजपा सत्तामा आयो भने बंगालीहरूको खानपानमाथि प्रतिबन्ध लगाउनेछ र उनीहरूलाई माछा खानदेखि वञ्चित गरिनेछ।

शुक्रवार चुनावी अभियानको क्रममा दिलीप घोषले आईआईटी खड़गपुरस्थित माछा मण्डीको भ्रमण गरे। यस अवसरमा उनले स्थानीय व्यापारी तथा मछुआराहरूसित भेट गरी उनीहरूसित विस्तृत सम्वाद गरे।

घोषले स्पष्ट पारे, माछा बंगालको सभ्यता, संस्कृति र आहारको अभिन्न अंग हो, अतः यसलाई लिएर भ्रामक प्रचार गर्नु सर्वथा अनुचित र तर्कहीन छ। उनले भने, तृणमूल कंग्रेसले आफ्नो विफलतालाई लुकाउनको लागि यस्ता संवेदनशील विषयहरूको सहारा लिरहेको छ।

उनले राज्य सरकारको आलोचना गर्दै भने, प्रदेशमा लगभग डेढ़ दशकदेखि सत्तासिन भएर पनि वर्तमान सरकार मछुआराहरूको कल्याणको निम्ति कुनै ठोस तथा दूरगामी नीति बनाउनमा असफल रहेको छ। आज पनि राज्यको मत्स्य जीवीसित सम्बन्धित व्यापारीहरूले मूलभूत सुविधाहरूको लागि संघर्ष गरिरहेका छन्।

आधुनिक आधारभूत संरचना, शीत भण्डारणको अनुपलब्धता औ सुदृढ़ विपणन व्यवस्थाको अभावमा प्रदेशको मत्स्य उद्योग आफ्नो क्षमता अनुरूप विकसित हुन सकिरहेको छैन। त्यसैले बंगाललाई आफ्नो स्थानीय माग पूर्तिको निम्ति विवश भएर आन्ध्र प्रदेश जस्ता राज्यहरूबाट माछा र माछाको बिउ मगाउनुपर्छ।

दिलीप घोषले बल दिएर भने, बंगालका मछुआराहरू अत्यन्त परिश्रमी छन्, तर उनहरूलाई सही प्रोत्साहन र सरकारको संरक्षणको खाँचो छ। उनले आह्वान गरे, माछामाथि तुच्छ राजनीति गर्नको सट्टा यस उद्योगलाई सशक्त बनाउन र मछुआराहरूको आर्थिक स्थितिमा गुणात्मक सुधार ल्याउनको लागि गम्भीर प्रयास गर्नुपर्छ।

राज्यमा सत्ता परिवर्तन भए पश्चात नयाँ सरकारले मछुआराहरूको हितलाई प्राथमिकता दिनेछ अनि यस क्षेत्रको सर्वाङ्गीण विकासको निम्ति उत्कृष्ट कदम उठाउने दाबी समेत दिलीप घोषले गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande