
कोलकाता, 17 अप्रेल (हि.स.)। विधानसभा चुनाउपूर्व पुलिसले नाका जाँच अवधि प्रचुर मात्रामा नगद जफत गरेको छ। घटना गए बिहीवार रातीको हो।
सूत्र अनुसार नाका चेकिंगको क्रममा पुलिसले दुई वटा क्षेत्रबाट 4 लाख 67 हजार 500 रुपियाँ जफत गऱ्यो। पहिलो घटना पाटुली थाना क्षेत्रको हो जहाँ पुलिसले धलाई ब्रिजको छेउमा एउटा कारबाट 3 लाख 67 हजार 5 सय रुपियाँ जफत गऱ्यो। टेंगरा थाना क्षेत्रमा भएको दोस्रो घटनामा पुलिसले जीके रोड तथा क्रिस्टोफर मोड़बाट 01 लाख रुपियाँ जफत गऱ्यो। यी नगद रुपियाँहरू कुन उद्देश्यले ल्याइँदैथ्यो, पत्तो लगाउन पुलिस जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा