
कोलकाता, 17 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउअघि हुमायु कबीरको कथित स्टिंग भीडियोलाई लिएर राज्यको राजनीतिमा नयाँ घमासान तीव्र भएको छ। अब यस भीडियोको निष्पक्ष जाँच गर्ने माग गर्दै आम जनता उन्नयन पार्टीका संस्थापक हुमायुँ कबीरले कलकत्ता उच्च न्यायालयमा याचिका दर्ता गरेका छन्।
शुक्रवार न्यायमूर्ति सौगत भट्टचार्यको पीठमा मामिला दर्ता गरियो। याचिकाकर्ताको आरोप छ, उनको छविलाई धमिल्याउने षड़यन्त्र अन्तर्गत यो भीडियो बनाएर प्रसारित गरियो। उनले अदालतसित मामिलाको जाँच गर्ने निर्देश दिनुपर्ने माग गरेका छन्। यस मामिलामा आगामी 22 अप्रेलमा सुनवाई हुने सम्भावना छ।
उल्लेखनीय छ, गत नौ अप्रेलमा हुमायुँ कबीरको एक कथित स्टिंग भीडियो सामु आएको थियो। भीडियोमा उनलाई कुनै भाजपा नेतासित बातचित गर्दै गरेको सुन्न सकिन्छ। कथित बातचितमा हुमायु कबीरलाई यसो भन्दै गरेको सुनिएको छ कि उनी कुनै पनि मूल्यमा मुख्यमन्त्री ममता ब्यनर्जीलाई सत्ताबाट च्युत गर्न चाहन्छन्।
भीडियोमा यो पनि दाबी गरिएको छ, उनको पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीहरूसित बातचित भइसेको छ र उनलाई दिल्लीमा लगेर केन्द्रिय नेतृत्वसित भेट गराउने कुरा गरिएको थियो। साथै प्रधानमन्त्री कार्यालय र मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवसित पनि सम्पर्क हुने उल्लेख गरिएको थियो।
कथित भीडियोमा हुमायुँ कबीरलाई यसो भन्दै गरेको सुनिएको छ, यदि मुस्लिम मतदाता ममता ब्यनर्जीदेखि टाड़िए हिन्दू मतदाता स्वतः भाजपा तर्फ आउनेछन्। यो भीडियो सार्वजनिक भएपछि राज्यको राजनीतिमा आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ। अब सबैक नजर मामिलाको सुनवाईमाथि केन्द्रित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा