डा. सर्वपल्ली राधाकृष्णनलाई ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
डा. सर्वपल्ली राधाकृष्णनलाई ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 17 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार सोशल मीडिया प्लेटफर्म एक्समा भारतका पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णनको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।

आफ्नो सन्देशमा ममता ब्यानर्जीले लेखिन्, “हाम्रा पूर्व राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली।” उनले भनिन्, शिक्षा, दर्शन एवं राष्ट्र निर्माणको क्षेत्रमा उनको योगदान सदैव प्रेरणादायक रहनेछ।

डा. सर्वपल्ली राधाकृष्णन एकजना महान शिक्षक र दार्शनिक मात्र थिएनन्, उनले भारतका राष्ट्रपतिका रूपमा पनि देशको सेवा गरे। उनका शिक्षा अनि विचारहरूले आज पनि समाजलाई दिशा देखाउँछ।

डा. सर्वपल्ली राधाकृष्णन भारतका दोस्रो राष्ट्रपति थिए भने एकजना प्रख्यात दार्शनिकको रूपमा उनी विश्वभरि सम्मानित थिए।

उनको जन्मदिन, 5 सेप्टेम्बरमा भारतमा शिक्षा दिवसको रूपमा मनाइन्छ जुन शिक्षाप्रति उनको अमूल्य योगदानको प्रतीक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande