नीति निर्माण प्रक्रियामा महिलाहरूको सक्रिय सहभागिताले राष्ट्रको विकासमा योगदान पुऱ्याउने छ: कृष्णकुमारी राई
नारी शक्ति वन्दन


गान्तोक, 17 अप्रेल (हि.स.)। पूर्व विधायक कृष्णकुमारी राईले नारी शक्ति वन्दन अधिनियमको समर्थनमा निकालिएको ऱ्यालीमा राज्यका छवटै जिल्लाबाट आएका नारीहरूको सक्रिय सहभागिताका लागि धन्यवाद दिएकी छन्। उनले नारी शक्ति वन्दन अधिनियम, 2023 को कार्यान्वयनले समावेशी शासनको दिशामा महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गरेको बताएकी छन्।

मुख्यमन्त्रीकी धर्मपत्नी राईले जन भेलालाई सम्बोधन गर्दै राज्यभरबाट आएका नारीहरूको सक्रिय सहभागिताका लागि धन्यवाद दिइन्। उनले नारी शक्ति वन्दन अधिनियमलाई समावेशी शासनको दिशामा एक महत्त्वपूर्ण कदम बताउॅंदै प्रधानमन्त्री नरेन्द्र मोदीको यस दृष्टिकोणको सराहना गरिन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा पनि राज्यले समावेशी नीति र महिला नेतृत्वको विकासलाई निरन्तरता दिइरहेको उनले बताइन्।

उनले भनिन्, 'बढ्दो प्रतिनिधित्वले महिलाको आवाजलाई विधायिका निकाय र नीति निर्माण प्रक्रियाहरूमा पर्याप्त रूपमा प्रतिबिम्बित हुने सुनिश्चित गर्दछ। महिलाको बढी सहभागिताले विविध परिप्रेक्ष्य ल्याउने, समावेशी निर्णय प्रक्रियालाई सुदृढ पार्ने तथा सन्तुलित र दिगो राष्ट्रिय विकासमा योगदान पुऱ्याउने छ।'

सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले कार्यक्रमको आयोजनामा संलग्न सबैलाई धन्यवाद दिइन्। उनले कार्यक्रमको सफल आयोजनाले सामूहिक प्रयास र समन्वय झल्किएको बताइन्। उनले सन्तुलित विकासका लागि महिला नेतृत्वको विकास आवश्यक रहेको र निर्णय प्रक्रियामा महिलाको बढी सहभागिताले सुशासनलाई बलियो बनाउने बताइन्।

यसैगरी, विधायक कला राईले सहभागीहरूलाई धन्यवाद दिँदै महिलाहरूको समर्पण र योगदानले परिवार, समाज र राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। दिगो प्रगतिका लागि सामूहिक बल र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै उनले महिलालाई एकताबद्ध भएर एकअर्कालाई साथ दिन आग्रह गरिन्। उनले महिला सशक्तिकरण र सबै क्षेत्रमा सक्रिय सहभागिता सुनिश्चित गर्नाले समग्र विकासमा प्रत्यक्ष योगदान पुग्ने बताइन्।

उल्लेखनीय छ, राजधानी गान्तोकमा आज बिहान नारी शक्ति वन्दन अधिनियमको समर्थन एवं स्वागतमा विराट ऱ्याली निकालियो। यहॉंको देवरालीस्थित टाटा स्ट्याण्डबाट शुरू भएको उक्त ऱ्याली पाल्जोर स्टेडियम आइपुगेर समाप्त भएको थियो। ऱ्याली 30 हजारभन्दा बढी महिलाहरूले भाग लिएको दाबी गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande