‘नारी शक्ति वन्दन अधिनियम’ महिला सशक्तिकरणको दिशामा एक महत्वपूर्ण कदम: मुख्यमन्त्री
ps tamang


गान्तोक, 17 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘नारी शक्ति वन्दन अधिनियम’ प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा परिकल्पना गरिएको ऐतिहासिक पहल बताउॅंदै यो महिला सशक्तिकरणको दिशामा एक महत्वपूर्ण कदम रहेको बताएका छन्।

राजधानीमा आज ‘नारी शक्ति वन्दन अधिनियम’ लाई लिएर एक विराट समर्थन एवं स्वागत ऱ्याली आयोजन गरियो। ऱ्यालीबारे टिप्पणी गर्दै मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा आज सिक्किमका महिलाहरू प्रत्येक निर्वाचन क्षेत्रबाट एकजुट भई ‘नारी शक्ति वन्दन अधिनियम’ लाई समर्थन जनाउन एक सशक्त एकताको प्रदर्शन गरेको उल्लेख गरेका छन्। ऱ्यालीमा महिलाहरूको ठूलो सहभागिताले राज्यमा नारी शक्तिको बल, चेतना र सामूहिक संकल्पलाई उजागर गरेको उनले बताएका छन्।

मुख्यमन्त्रीले सरकार तथा सिक्किमका जनताको तर्फबाट सबै सहभागीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। यस महान उद्देश्यप्रति महिलाहरूले प्रदर्शित गरेको प्रतिबद्धता वास्तवमा प्रेरणादायी रहेको र यसले अझ समावेशी तथा सशक्त समाज निर्माणमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा परिकल्पना गरिएको यो ऐतिहासिक पहल महिला सशक्तिकरणतर्फको एक महत्वपूर्ण कदम रहेको बताएका छन्।

मुख्यमन्त्रीले यो एकता र दृढ़ संकल्पको भावनाले हामीलाई सबैका लागि अझ समान, प्रगतिशील र सशक्त भविष्यतर्फ अघि बढाउन निरन्तर मार्गदर्शन गरिरहोस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande