
शोणितपुर (असम), 17 अप्रेल (हि.स.)। शोणितपुर जिल्ला अधिनस्थ जामुगुरीहाटको टुपियास्थित बोगाबिल क्षेत्रबाट एक सन्त्राषपूर्ण हत्या भएको घटना प्रकाशमा आएको छ जहाँ एकजना व्यक्तिले आफ्नै भतिजको निर्मम हत्या गऱ्यो।
शुक्रवार प्राप्त जानकारी अनुसार आरोपी पानीराम मुड़ीले आफ्नो 28 वर्षीय भतिज राजीव मुड़ीमाथि फलामको रडले प्रहार गऱ्यो। लगातार प्रहार गरेको कारणले राजीव मुड़ीको घटनास्थलमै मृत्यु भयो।
घटना बारे जानकारी पाउनसाथ जामुगुड़ी पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। पुलिसले आरोपी पानीराम मुड़ीलाई पक्राउ गरी अग्रिम कानूनी कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा