
गुवाहाटी, 17 अप्रेल (हि.स.)। प्रधानमन्त्री उज्ज्वला योजना (पीएमयूवाई) अन्तर्गत लाभान्वित उपभोक्ताहरूले अब चाँड़ै आफ्नो ई-केवाईसी पूरा गर्नु अनिवार्य भएको छ। अधिकारीहरू अनुसार निर्धारित समयभित्रमा ई-केवाईसी प्रक्रियालाई पूरा गरिएन भने भान्सा ग्यासको आपूर्ति प्रभावित हुनसक्छ।
यस सम्बन्धमा एक सम्वाददाता सम्मेलनमा जानकारी गराउँदै इण्डियन ओयल कर्पोरेशन (आईओसी)- का चीफ जनरल म्यानेजर अमरज्योति बरदलैले आज भने, सबै पीएमयूवाई उपभोक्ताहरूको लागि ई-केवाईसी अनिवार्य गरिएको छ। यो कदम योजनाका वास्तविक लाभार्थीहरूको पहिचान सुनिश्चित गर्न तथा पारदर्शितालाई कायम राख्ने उद्देश्यले उठाइएको हो।
उनले बताए, उपभोक्ताहरूले आफ्नो नजिकैको एलपीजी वितरक कहाँ पुगेर आधार आधारित प्रमाणीकरणको माध्यमबाट वा अधिकृत डिजिटल प्लेटफर्मको माध्यमबाट ई-केवाईसी प्रक्रियालाई पूरा गर्न सक्नेछन्। उपभोक्ताहरूसित अपील गरिएको छ, उनीहरूले यथाशीघ्रै यो प्रक्रिया पूरा गरन् ताकि कुनै पनि प्रकारको असुविधादेखि बच्न सकियोस्।
आईओसीको पक्षबाट उपभोक्ताहरूलाई जागरूक गर्नको लागि अभियानसंचालन गरिँदैछ जसबाट उनीहरूले सहजै ई-केवाईसी प्रक्रिया पूरा गर्न गरुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा