
कोलकाता, 17 अप्रेल (हि.स.)। महान शिक्षक, भारतका पूर्व राष्ट्रपति औ भारत रत्न सर्वपल्ली राधाकृष्णनको पुण्यतिथिमा पश्चिम बंगालका वरिष्ठ भाजपा नेता औ विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले उनलाई श्रद्धाञ्जली अर्पण गरे। उनले भने, डा. राधाकृष्णनको जीवन शिक्षा, ज्ञान औ राष्ट्र सेवाप्रति समर्पणको प्रतीक हो।
चुनाउ प्रचार अभियान अन्तर्गत शुभेन्दु अधिकारी विभिन्न कार्यक्रमहरूमा सामेल हुनेछन्। भाजपाद्वारा आयोजित “विजय संकल्प सभा” औ प्रचार कार्यक्रमहरूको माध्यमबाट उनले केही विधानसभा क्षेत्रहरूमा पार्टी उम्मेद्वारहरूको समर्थनमा जनसभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम बनाएका छन्।
निर्धारित कार्यक्रम अनुसार बिहान कांथी विधानसभा क्षेत्रमा भाजपा उम्मेद्वार कमला कांत हांडाको समर्थनमा सभा आयोजना गरियो। त्यसपछि शालबोनी विधानसभा क्षेत्रमा भाजपा उम्मेद्वार चन्दना बाउरीको समर्थनमा जनसभा हुन गइरहेको छ भने सोनामुखी विधानसभामा उम्मेद्वार दिवाकर घरामीको पक्षमा पनि प्रचार कार्यक्रम राखिएको छ।
यस अतिरिक्त मेदिनीपुर विधानसभा क्षेत्रमा भाजपा उम्मेद्वार डा. शंकर गुच्छायितको समर्थनमा विजय संकल्प यात्रा औ पूर्व पांसकुड़ा विधानसभा क्षेत्रमा उम्मेद्वार सुरजित माइतीको समर्थनमा जनसभा आयोजना गर्ने जानकारी दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा