मालदा टाउन स्टेशनबाट दुई बंगलादेशीलाई समातियो
मालदा टाउन स्टेशनबाट दुई बंगलादेशीलाई समातियो


मालदा, 17 अप्रेल (हि. स.)। रेल पुलिसले गए बिहीवार राती मालदा टाउन स्टेशनबाट दुईजना बंगलादेशीहरूलाई पक्राउ गरेको छ। रेलवे पुलिसको सूत्र मुताविक पक्रा पर्ने बंगलादेशीहरूमा क्रमैले मोहम्मद सोनी र शफिकुल आलम सामेल छन्। रेल पुलिसले यी दुई बंगलादेशीहरूलाई मालदा टाउन स्टेशनको टिकट काउन्टर परिसरबाट पक्राउ गरेको हो।

जाँचबुझमा पुलिसलाई थाहा लागे अनुसार उनीहरू बंगलादेशको चपाई नवाबगञ्ज तथा जमालपुर निवासी हुन्। रेलवे पुलिसले दाबी गऱ्यो, यी दुई लाइनम्यानको सहयोगले कालियाचक सीमाको बाटो भएर मालदा आइपुगेका थिए। पुलिस सूत्रानुसार दुवै आरोपीलाई शुक्रवार मालदा जिल्ला अदालतमा पेश गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande