
उत्तर दिनाजपुर, 17 अप्रेल (हि.स.)। जिल्लाको चोपड़ा थानान्तर्गत माजियाली ग्राम पञ्चायतको सुईगाच क्षेत्रमा गए बिहीवार अबेर राती भाजपा र तृणमूल कंग्रेसका कार्यकर्ताहरूबीच झड़प भयो जसमा गोली पनि चलाएको आरोप छ। दुवै पक्षले एका-अर्कामाथि आरोप लगाएका छन्। तथापि घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
शुक्रवार भाजपा उम्मेद्वार शंकर अधिकारीले दाबी गर्दै भने, त्यस दिन चुनाउ प्रचार गरेर उनीहरू सुईगाच क्षेत्रबाट घर फर्किरहेका थिए। बाटोमा बाइक सवार उपद्रवीहरूले उनीहरूमाथि हमला गरे। आरोप छ, उनीहरूको कारमा तोड़फोड़ पनि गरियो।
तथापि तृणमूलले उपरोक्त आरोपहरूलाई आधारहिन बताउँदै दाबी गरेको छ, केही तृणमूल कार्यकर्ताहरू सड़कमा उभिएर बातचित गरिरहेका थिए, भाजपा उम्मेद्वार र उनका समर्थकहरूले पहिला उनीहरूलाई धम्क्याए अनि पछि गोली चलाए।
तृणमूलको दाबी छ, यो घटना केन्द्रिय बलहरूको अगाड़ि नै भएको हो। हाल घटना के कारणले भएको हो, यसको जाँच पुलिसले गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा